arrow

हिउँ खेलेर चन्द्रागिरिबाट फर्किने क्रममा हराएका पाँच जना भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २४ सोमबार
chandragiri-himpat-super.jpg

काठमाडौं । नेपाल प्रहरीले चन्द्रागिरि डाँडामा हिउँ  खेल्न गएर फर्कने क्रममा हराएका महिला तथा बालबालिकाको सकुशल उद्धार गरेको छ ।

प्रहरीको महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप र विपद् व्यवस्थापन गुल्म सामाखुसीको टोलीले चन्द्रागिरि नगरपालिका–६ महादेवस्थान बस्ने एकै परिवारका २३ वर्षीया रीता गुरुङ, १५ वर्षीया सौभाग्य, १३ वर्षीय सहज, ११ वर्षीया जेनिसा र ७ वर्षीय एरविनलाई गएराति १  बजे सकुशल उद्धार गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हिँउ खेल्न गएर फर्कने क्रममा हराएका पाँचजनालाई ५ घन्टापछि सकुशल उद्धार गरिएको जानकारी दिए। प्रहरीले उनीहरुलाई स्वास्थ्य परीक्षण गराई आफन्तको जिम्मा लगाएको प्रवक्ता मैनालीले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ