- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । वडा प्रहरी कार्यालय नेपालगन्जले अवैध रूपमा लुकाइछिपाई भारतबाट नेपालगन्ज ल्याउँदै गरिएको ठुलो परिमाणमा ब्रोइलर कुखुरा बरामद गरेको छ।
लामो समय वडा प्रहरी नेपालगन्जको इन्चार्जको रूपमा कार्य गर्दै चोरी तस्करी नियन्त्रण लगायत नेपालगन्जको सुरक्षा व्यवस्था चुस्त बनाउँदै आएका प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले तस्करहरूमाथि धावा बोल्दै लाखौँ रुपैयाँका अवैध कुखुरासहित ३ वटा मोटरसाइकल बरामद गरेका छन् ।
वडा प्रहरी कार्यालय नेपालगन्जबाट प्रहरी निरीक्षक खड्काको कमान्डमा गएको टोलीले सोमबार बिहान ९ बजे जानकी गाउँपालिका २ नेवाजीगाउँ हुँदै अवैध रूपमा नेपालगन्ज भित्र्याएका ३ सय वटा कुखुरासहित ( ५ क्विन्टल ) र तस्करीमा प्रयोग गरिएका भे.३ प. ५७२५, भे.२ प.२२०९ र ज. ४ प. १८२७ नम्बरका तीन वटा मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।
जिल्ला प्रहरी बाँकेका अनुसार बरामद गरिएका २ लाख ४० हजार रुपैयाँ बराबरका तीन सय कुखुरालाई आवश्यक कारबाहीका लागि पशु क्वारेनटाइन र कुखुरा तस्करीमा प्रयोग गरिएका तीन वटा मोटरसाइकललाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।