arrow

बेपत्ता वीरु त्यसपछि भेटिएनन्

logo
प्रेम रौले,
प्रकाशित २०७३ साउन २१ शुक्रबार
Bajura-hamrakura.jpg.jpeg
बाजुरा । सोमबार विहान अविरल वर्षाले आएको पहिरोबाट बेपत्ता भएका बडिमालिका नगरपालिका ८ कोर्धका एक ४० वर्षीया युवक अझै फेला परेका छैनन् । बेपत्ता हुनेमा कोर्ध ८ का वीरु चदारा रहेका छन् । एकाएक आएको पहिरोमा पुरिएका चदारा अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दल बहादुर बोगटीले बताए ।
 
जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको जानकारी अनुसार १७ गते विहान ठेकी बनाउनका लागि बावु छोरा वनतिर गएका थिए । ठेकी बनाउने क्रममा माथिबाट पहिरो आएर चदारा बेपत्ता भएको र उनका छोरा २१ वर्षका उमेश चदारा घाइते भएका थिए । घाइतेको कम्मरमा हड्डी भाचिएकोले अछाममा रहेको बयालपाटा अस्पतालमा उपचारका लागि रिफर गरिएको कार्यालले जनाएको छ ।
 
बेपत्ता भएका चदाराको स्थानिय र जिल्ला प्रहरी कार्यालय बाजुराले खोजी कार्य जारी राखेको बताएको छ । पहिरो धेरै भएकाले पहिरो खनेर खोज्न सम्भव नरहेको प्रहरीको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ