स्याङ्जा। हाल स्याङ्जामा चार नगरपालिका र ५३ गाविसमा गरी ५ सय ३० वडा कायम रहेका छन् । स्थानीय तह पुनर्संरचना हुने भएपछि स्याङ्जामा बढीमा १ सय ४ वडा कायम रहने छन् । स्थानीयतह पुनर्संरचना हुदा जिल्लामा गाँउपालिका तथा नगरपालिका गरी जम्मा ८ ओटा निकाय हुनेछन् । हाल अस्थित्वमा रहेका चार ओटा नगरपालिका लाई नगरपालिका नै कायम हुन सकेमा बाँकी ४ ओटा गाँउपालिका हुनेछन् ।
नगरपालिका हुनको लागि कम्तीमा ३५ हजार जनसंख्या र गाँउपालिका हुनका लागि कम्तीमा २५ हजार जनसंख्या आवश्यक पर्छ । यो सगै अन्य आर्थिक सुचक र भौतिक पूर्वाधार पुरा गर्नुपर्ने भएकाले हाल अस्थित्वमा रहेका नगरपालिकाहरुलाई नगरपालिकाकै रुपमा आफ्नो साख जोगाउन धौ धौ परेको देखिन्छ । नयाँ संरचना अनुसार नगरपालिकामा बढीमा १४ वडा र गाँउपालिकामा बढीमा १२ वडा सम्म गराउन पाउने व्यवस्था छ ।
यदि जिल्लामा ४ ओटा नगरपालिका र ४ ओटा गाँउपालिकमा भएभने ५ सय ३० वडा रहेको जिल्ला १ सय ४ वडामा सिमित हुनेछ । जिल्लालाई ८ मात्र स्थानीय निकाय थोरै भएको भन्दै राजनीतिकदलहरुले विरोध जनाएपनि थपघट हुने कुनै सम्भावना छैन । स्थानीय निकाय पुनर्संरचना समितिका संयोजक समेत रहेका स्थानीय विकास अधिकारी महेश भट्टराईका अनुसार ८ ओटा निकाय नै गराउने गरी काम अगाडी बढीरहेको बताए ।
साविकका वडा नटुक्रने गरी पुनर्संरचना गरिने भएपछि नेताहरु राजनीतिक जोड घटाउमा समेत लागि परेका छन् । नेपालको संविधान २०७३ को धारा २९५ बामेजिम गठित गाँउपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सिमाना निर्धारणमा अधिकांश गाविसमा कुरा नमिल्दा स्थानीय नेतृत्वलाई सिमाना निर्धारणमा फलामको चिउरा भएको छ । प्रस्तावित गाँउपालिका, नगरपालिका भित्र कायम हुने वडा संख्या र सिमाना सिफारीस गर्न बनेको समितिलाई पनि सबै कुरा मिलाउन हम्मे हम्मे परेको छ ।
परिवर्तित राज्य व्यवस्था अनुसार जिल्लामा रहेका साविकका ४ नगरपालिका मध्ये चापाकोट नगरपालिकालाई अव बन्ने नगरपालिकाको पूर्वाधार पुरा गर्न मुस्किल देखिन्छ । त्यसो त भर्खर मात्र घोषणा भएको भिरकोट नगरपालिकालाई पनि नगरपालिका नै गराउन जनसंख्या र अन्य पूर्वाधार अपुग नै देखिन्छ । साविकमा रहेको एकात्मक राज्य व्यवस्था अव संघिय प्रणालीमा जादा जिल्लाको सिमाना र वडाको सिमाना बाहेक अरु सबै फेर बदल हुदैछ । त्यसैले अधिकांश गाविस अन्योलमा छन् ।
अव बन्ने गाँउपालिका र नगरपालिकाले आफैले कानुन निर्माण गरी प्रयोग गर्न पाउने छन् साथै स्थानीय तह निलम्वन र विघटन सम्वन्धी व्यवस्था नयाँमा छैन । अव गाविस स्तरबाट प्रवाह भइरहेका सेवाहरु वडातिर जादैछन् । नगर प्रहरी, स्थानीय कर, मालपोत संकलन लगायत घरजग्गा धनी पूर्जा वितरण समेत स्थानीय तहका अधिकार हुनेछन् ।
सबै सुविधा वडाबाट पाइने गरी गाँउपालिका र नगरपालिका बन्ने दौडमा स्याङ्जा रहेको छ । स्याङ्जाकान आठ ओटा केन्द्र मानेर अहिले जिल्ला विकास समिति स्याङ्जाले बहस, छलफल अगाडी बढाएको छ । छलफलमा आएका स्थानीयहरुले आयोगले ल्याएको स्थानीयय तह पुनर्संरचना बैज्ञानीक नभएको गुनासो व्यक्त गरेका छन् ।
अत्यन्तै अफठ्यारोमा परेको आरुचौर, पञ्चमुल, विरचारी चौतार, चिलाउनेवास, मग्यामचिसापानी, पकवादी, केवरेभञ्याङ्, तिनदोवाटे लगायतका गाविसहरुका वडा कता मिलाउदा आफुलाई सजिलो हुन्छ भन्नेमा अन्योल सिर्जना भएको छ । उल्लेखीत गाविसहरु त पात्र मात्रै हुन् अन्य गाविस पनि यस्तै अन्योलमा रहेका छन् । माझकोट, मनकामना, कालिकाकोट, स्वरेक, क्याक्मी, चित्रेभञ्याङ्, बहाकोट, फेदीखोला, राङ्भाङ, आरुखर्क लगायतका गाविसका स्थानीयहरु पनि अन्योलमा परेका छन् ।
जिल्ला विकास समिति स्याङ्जाले सेतिदोभान, विरुवाअर्चले, सदरमुकाम पुतलीबजार, भिरकोट, वालिङ, गल्याङ र श्रीकृष्णगण्डकीको मिर्मिलाई केन्द्र मानेर छलफल चलाउदा पनि अन्योलता सिर्जना भएको हो । तर जिल्ला विकास समिति स्याङ्जाका स्थानीय विकास अधिकारी महेश भट्टराईले भने हामीले तोकेका केन्द्र भोली केन्द्र नै हुन्छन् भन्ने उदेश्यले नतोकिएको तर सबै नागरिकलाई छलफलमा सहजता होस भनेर मात्रै केन्द्र ताकिएको बताए । यस विषयमा भ्रममा नपर्न पनि अधिकारी भट्टराईले जोड दिएका छन् ।
आफुहरुलाई पायक पर्ने केन्द्र तोक्न स्थानीयकै अधिकार हुन्छ स्थानीय विकास अधिकारी भट्टराईले भने स्थानीय तहपुनर्संरचना सम्वन्धी विधेयकले उल्लेख गरेका मापदण्ड भने पुग्नुपर्छ । पुतलीबजार, भिरकोट, वालिङ र चापाकोट नगरपालिकामा छिमेकी गाविस गाभिने संकेत देखिएपनि भौगोलिक दृष्टिकोणले उल्लेखेति नगरपालिकामा सबै गाविसका वडाहरु गाभिन नमिल्ने अवस्थामा पनि देखिन्छन् ।
अहिले सम्म पव्लिक आवाजले पाएको जानकारी अनुसार वालिङ नगरपालिकामा जगतभञ्याङ्, छाङ्छाङ्दी, थुमपोखरा, तीनदोवाटे, स्वरेक, पकवादी, केवरेभञ्याङ, एलादी र कालिकाकोट गाभिने संकेत देखिएको छ । उल्लेखित गाविस मध्ये स्वरेकका केही वडा, छाङ्छाङ्दीका केही वडा, तिनदोवाटे, कालिकाकोट लगायतका गाविसहरुका केही वडाहरु वालिङमा आउने देखिएको छ । अर्को तर्फ भिरकोट नगरपालिकामा अर्जुनचौपारी, रापाकोट गाभिएमा आरुचौर पनि आउन सक्ने संकेत देखिएको छ । दुई गाविस पुतलीबजारमा गाभिने संकेत देखा प¥यो भने भिरकोट नगरपालिकालाई जनसंख्या पुर्याउन धौ धौ देखिन्छ ।
छलफल र अन्तरक्रिया चर्को रुपमा चलेपनि भोलिका दिनमा के हुने हो भन्ने विषय अन्योल अवस्थामा रहेको छ । बेलैमा सबै नागरिकले सचेतना नअपनाउने हो भने अहिले भने जस्तो नहुन सक्ने पनि संकेत देखा पर्दैछ । त्यसैले गाविसहरुमा पनि छलफल हुनु जरुरी देखिन्छ ।