arrow

विपिसी विरुद्ध खनिए उपभोक्ता, मिटर रिडिङ् नगर्न चेतावनी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ साउन २१ शुक्रबार
bpcsyanja.jpg.jpeg
स्याङ्जा । बुटवल पावर कम्पनीले विद्युत महशुलमा भारी शुल्क बृद्धि गरेपछि पश्चिम स्याङ्जाका उपभोक्ताहरु आन्दोलित भएका छन् । विद्युत मिहशुल निर्धारण आयोगले साउन १ गतेदेखि लागु हुने गरी विद्युत महशुलमा शुल्क बृद्धि गर्ने सहमति भएपछि बुटवल पावर कम्पनीले बृद्धि गरेको हो ।
 
 पश्चिम स्याङ्जाका उपभोक्ताहरु विद्युत महशुल पुरानै अवस्थामा ल्याउन माग गर्दै आन्दोलित भएका हुन् । कम्पनीले २ रुपैयादेखि अधिकतम ८ रुपैया ५० पैसा सम्म महशुल बढाएपछि उपभोक्ता मारमा परेको भन्दै बुटवल पार कम्पनीका कार्यालयहरुमा धर्ना देखि ज्ञापनपत्र बुझाउदै आएका छन् ।
 
बुटवल पावर कम्पनीले आँधीखोला जलविद्युत केन्द्रबाट ९.१ मेघावाट विद्युत उत्पादन गर्दै आएको छ। प्रभावित क्षेत्रका लागि भन्दै कम्पनीले स्थापनाकालदेखि प्रति युनिट २ रुपैया लिदै आएको थियो । विद्युत उपभोग गर्ने उपभोक्ताहरु सगँ छलफल नै नगरी विद्युत महशुल बढाएको भन्दै उपभोक्ताहरुले असन्तुष्ट व्यक्त गर्दै आएका छन् । 
पहिलो चरणको आन्दोलनमा ज्ञापनपत्र बुझाउने काम उपभोक्ताहरुले गर्दै आएका छन् । वालिङ नगरपालिका वडा नं. १ र २ का वासिन्दाले ज्ञापनपत्र मार्फत पुरानै दररेट कायम नहुन्जेल सम्मका लागि मिटर रिडिङ गर्न निषेधित गरेको अगुवा समाजसेवी ताराप्रसाद श्रेष्ठले बताए । सबै वडावासीहरुको हस्ताक्षर सहित बुझाएकबो ज्ञापनपत्र माथी अटेर गरेमा जस्तोसुकै आन्दोलन गर्न तयार रहेको पनि श्रेष्ठले चेतावनी दिए ।
 
 कम्पनीले विद्युत महशुल बृद्धि गरेपछि वालिङ, गल्याङ र चापकोटका वासिन्दाहरुले संघर्ष समिति समेत गठन गरेका छन् संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी र बुटवल पावर कम्पनीमा ज्ञापनपत्र समेत बुझाएर ध्यानाकर्षण भएको जनाएका छन् । 
 
प्रभावकारी सेवा प्रदान नगरेको भन्दै आलोचना हुदै आएको विपिसीले पछिल्लो समय उपभोक्ताको ढाड नै सेक्ने गरी बढाएको महशुल बैज्ञानीक नभएको भन्दै आलोचना मात्रै गरेका छैनन तुरुन्त महशुल शुल्क पुरानै दररेट कायम गर्न माग गरेका छन् । बुटवल पावर कम्पनीले भने लामो समय महशुल बृद्धि हुन नसक्दा कम्पनी घाटामा गएकाले बढाउन बाध्य भएको जनाएको छ । 
 
कम्पनीले विद्युत उत्पादन देखि प्रशारण सम्मको उपभोक्ताले सहयोग गर्दै आएका छन् अहिले सम्म उपभोक्ताहरुलाई विद्युत लाईन प्रशारणमा मुआव्जा समेत नदिएको गुनासो छ । वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा मुल्य बृद्धि संघर्ष समितिका संयोजक शोभाकान्त पौडेलले पनि मिटर रिडिङ् नगर्न आग्रह गर्दै मिटिर रिडिङ भइसकेका उपभोक्ताहरुले विद्युत महशुल नतिर्न आग्रह गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ