arrow

रोल्पामा सैन्य आधार तालिम सम्पन्न

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ साउन २१ शुक्रबार
bayarakrolpa.png.png
रोल्पा। खड्गदल गण लिबाङ ब्यारेक रोल्पामा २०७२ साल कार्तिक १५ गतेबाट संचालन भएको ९ महिने सि.सं.६५ सैन्य आधार तालिम आज एक भब्य समारोहका वीच सम्पन्न भएको छ । 
 
६५ जना सैनिक जवानहरु सहभागी रहेको उक्त तालिमको गणपति प्रमुख सेनानी प्रकाशबहादुर चन्दले अन्तिम दलेल कवाज निरिक्षण गरेर समापन गरेका हुन् । यसैवीच तालिम अवधिभर सर्वत्कृष्ट हुने सैन्य जवान दाङका केशबहादुर चौधरी लगायत विभिन्न विधामा सर्वत्कृष्ट हुने सैनिक जवानहरुलाई गणपति प्रमुख सेनानी चन्दले पुरस्कृत गरे ।
 
कार्यक्रममा जिल्ला न्यायाधिस कमलप्रसाद ज्ञवाली, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, स्थानीय विकास अधिकारी सुशील बैद्य, विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवाहरु, समाजसेवी, जिल्लामा क्रियाशिल पत्रकार, सैन्य जवानका आफन्तहरु लगायतको उपस्थिति रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ