arrow

रोनाल्डो नचल्दा बराबरीमा रोकियो म्यानयु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २६ बुधबार
ronaldo-manutd-2022-02-09.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा क्रिष्टियानो रोनाल्डो नचल्दा म्यानचेस्टर युनाइटेड बराबरीमै रोकिएको छ । मंगलबार राति भएको खेलमा म्यानयु पुछारको बर्नलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

सबैभन्दा कमजोर टिमसँग खेलेको भए पनि शुरुआती अग्रता जोगाउन नसक्दा म्यानयु बराबरीमै समेटिनु परेको हो । १८ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै म्यानयुलाई शुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफसम्म अग्रता कायमै राखेको म्यानयुले ४७ औं मिनेटमा जे रोड्रिगेजले गोल गरेपछि भने बराबरी भयो । यो खेलमा म्यानयुले सतप्रतिशत खेल्ने अपेक्षा गरिएको थियो । 

मंगलबारका अन्य खेलमा न्यूकासल युनाइटेडले एभर्टनलाई ३–१ ले तथा वेष्टह्याम युनाइटेडले वाटफोर्डलाई १–० ले हरायो । 

अंक तालिका
यो खेलपछि २३ खेलबाट ५७ अंकसहित म्यानचेस्टर सिटी शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानको लिभरपुलको २२ खेलबाट ४८ अंक छ । 

तेस्रो स्थानको चेल्सीको २४ खेलबाट ४७ अंक छ । चौथो वेष्टह्यामको २४ खेलबाटै ४० अंक छ । पाँचौं म्यानयुको २३ खेलबाट ३९ अंक छ । 

छैटौं आर्सनलको २१ खेलबाट ३६ अंक छ । सातौं टोटनह्याम हट्सपरको २० खेलबाट ३६ अंक छ । 

पुछारका बर्नली, वाटफोर्ड र नर्विच सिटीको क्रमशः १४, १५ र १६ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ