रुकुमको मुसीकोट ८ डाँरीगाउँमा जीप र्दुघटना भएको छ। सदरमुकाम मुसीकोट खलंगाबाट साँख घोरखानीका लागि छुटेको लु १ ज २६८३ नम्बरको जीप शुक्रबार बेलुकी ६ बजेतिर दुर्घटना भएको हो।
दुर्घटनामा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मुसीकोट नगरपालिका ११ का टेकबहादुर बिक र मुसीकोट नगरपालिका १० का तीर्थबहादुर पुन रहेका छन्। बिकको उपचारको क्रममा जिल्ला अस्पताल सल्ले रुकुममा मृत्यु भएको हो भने पुनको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सल्यानको जलेखर्कमा भएको हो।
त्यस्तै दुर्घटनामा ४ जना घाइते भएका छन्। घाइते हुनेमा जीप चालक मुसीकोट नगरपालिका ११ का मानबहादुर बिक, मुसीकोट नगरपालिका ९ की प्रमिला कवँर, मुसीकोट नगरपालिका १० की तुलसा कवँर र मुसीकोट नगरपालिका ११ की कल्पना घर्ती रहेका छन्।
घाइते मध्ये १ जनाको अबस्था गम्भीर रहेको छ। गम्भीर घाइते हुनेमा जीप चालक मुसीकोट नगरपालिका ११ का मानबहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ।
अहिले घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। जीप सडकबाट करिब २ सय मिटर तल खसेको थियो।