एजेन्सी। विश्व खेलको महासमर रियो ओलम्पिक २०१६ रंगि बिरङ्गि कार्यक्रम बिच भव्यताका साथ शुभारम्भ भएको छ। ओलम्पिक खेलको औपचारिक सुरुवात मशाल प्रज्जलनबाट गरियो।
ब्राजिलमा देखिएको आर्थिक मन्दी, ड्रग्सका अपराध र भौतिक संरचनाका बारेमा प्रचार गरिएका अफवाहबीच अन्तत माराकाना रंगशालाले ७० हजार खेलप्रेमी तथा खेलाडीका प्रंशसकले, १० हजार ४०० खेलाडी र दर्जनौँ विश्व प्रसिद्ध नेताहरूलाई भव्य स्वागत गरे। फुटबलका महान खेलाडी पेलेले रियो ओलम्पिक २०१६को उद्घाटन गर्ने भनिए पनि उनी कमजोर स्वास्थ्य अवस्थाका कारण ओलम्पिकको उद्घाटन समारोहमा उपस्थित हुन सकेनन्।
ओलम्पिकको आयोजकहरुले ब्राजिलियन सहरमा विभिन्न रङका उज्याला बत्ती र धमाकादार संगीतमा साम्बा (नाच)को सानदार प्रदर्शन गरेका छन्। “मलाई विश्वास छ, उद्घाटन समारोह ब्राजिलियाली नागरिकका दुःख र पीडालाई बिर्साउन एउटा स्रोत बन्नेछ”उद्घाटन समारोहका निर्देशकहरुमध्ये एक फर्नान्डो मेरिलिजले भने।
सत्र दिन लामो खेल उत्सवले विभिन्न देशमा देखिएको दुःखदायी घटनाहरुलाई बिर्साएर संसारलाई रमाइलो प्रदान गर्ने र सकारात्मक ऊर्जा दिलाउने मेरिलिजले बताए। खेलमा २०५ राष्ट्रका खेलाडीले ३०६ सेट मेठलका लागि प्रतिस्पर्धा गर्नेछन् । यस वर्ष अफ्रिकी दुई राष्ट्र कोसोभो र दक्षिण सुडानले पहिलो पटक सहभागिता जनाउने छन् ।