काठमाडौं । व्यवस्थापिका संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन आइतबार राजधानीमा हुँदैछ ।
९ वर्ष वर्ष देखि हुन नसकेको महाधिवेशनमा नयाँ नेतृत्वका आकांक्षी धेरै छन् । पदाधिकारीमै थुप्रै नेतृत्वका आकांक्षी छन् । अधिकांश आकांक्षी पहिलेकै भएका भन्दै नयाँ पुस्ता र योग्य व्यक्तिले नेतृत्व गर्न पाउनु पर्ने माग एक थरीको छ भने, लामो समय महाधिवेशन नभएकाले अनुभविहरुले नेतृत्व पाउनु पर्ने अर्को थरीको तर्क छ । यसबीचमा पनि उमेर हदको कुरा समेत आएको छ । पछिल्लो समय केहीले ३२ वर्ष उमेरहद राख्नु पर्ने बताएका छन् ।
अधिकांश कुराहरु मिलिसकेको र तयारी पूरा भएको भन्दै महाधिवेशन निर्विवाद हुने नेताहरुले बताएका छन् । तर, केही विद्यार्थी विधिसंवत महाधिवेशन हुनु पर्ने भन्दै अनसन बसेका छन् । कतिपय जिल्लामा विवाद र धाधली भएको भन्दै त्यसलाई सच्याएर महाधिवेशन गर्नु पर्ने माग अनसनरत विद्यार्थीहरुको छ ।
यसबीचमा कस्ले विद्यार्थीका हितमा काम गर्न सक्लान् भन्ने अड्कलवाजी समेत भइरहेका छन् । प्रतिस्पर्धी धेरै भएकाले कस्लाई छान्ने र कस्लाई मान्ने भन्ने महाधिवेशन प्रतिनिधिले निकै सोच्नु पर्ने ठहरिएको छ । संगठनमा योग्यता बनाइसकेका थुप्रैका भिडमा भ्याली कलेजको इकाइ अध्यक्ष हुँदै नेविसंघको महासचिव भइसकेका सागर परियार पनि उपाध्यको दावेदारीमा छन् ।
सागर परियार युवा, प्रखर वक्ता, नैतिक र मिलनसार मानिन्छन् । उनी निष्ठाको राजनीति गर्न मन पराउँछन् । सागर यसअघि पूर्वाअन्चल विश्वविधालय को व्यवस्थापन संकायतर्फ नेविसंघ संयोजक थिए । पश्चिमको बाग्लुङ जिल्लामा जन्मिएका परियार माउपार्टी नेपाली कांग्रेसको १३औं महाधिवेशनमा बाग्लुङबाट महाधिवेशन प्रतिनिधि समेत भइसकेका छन् ।
विद्यार्थीको नेतृत्व विद्यार्थीबाट मात्रै सम्भव
कान्तिपुर भ्याली कलेजमा एमविए गरिरहेका परियारले भनेका छन्, ‘विद्यार्थीको नेतृत्व विद्यार्थीले मात्रै गर्न सक्छ । त्यसैले विद्यार्थीले विद्यार्थी चुन्न पाउनुपर्दछ ।’
संगठन र विद्यार्थीको हितमा काम गर्न विद्यार्थी नै चाहिन्छ । टिके प्रथा आजको युगमा कुनै पनि हालतमा स्वीकार्य नहुने सागरको तर्क छ । तोकतन्त्रको मूल्य मान्यता र चरित्रलाई अंगिकार गर्ने कार्य विद्यार्थी कालबाटै हुनुपर्नेमा उनको जोड छ । विद्यार्थी नेतृत्व दलमुखी र सत्तामुखी भन्दापनि तत्कालिन शैक्षिक एजेन्डा, शिक्षाको स्तरोन्नती, आधुनिकिकरण र गुणस्तरीय शैक्षिक प्रणालीको व्यवस्थितिकरणमुखी हुनु पर्दछ भन्ने सागरको मान्यता छ ।
लामो समय पछिको महाअधिवेशनको प्रभाव ?
विद्यार्थी संगठनको जेठो यस संघले विद्यार्थी आन्दोलन हर कुनै उपलब्धिमा बदलेको छ । उनी भन्छन्, ‘नेविसंघको महाअधिवेशन यतिलामो समयसम्म नहुँदा यसको असर समग्र विद्यार्थी आन्दोलनको उपलब्धि रक्षामा परेको छ ।’ शैक्षिक र राजनीतिक आन्दोलनमा नेविसंघको गहिरो सम्बन्ध छ । २०६२-०६३ को आन्दोनपछि विद्यार्थी आन्दोलन खासै उचाईमा जान नसक्नुको एउटा कारण नेविसंघको महाअधिवेशनमा नहुनु र संगठनमा कुशल नेतृत्व नहुनु हो । संगठन चुस्त हुन निर्वाचित नेतृत्व चाहिन्छ । त्यसका लागि विधिवत निर्वाचन हुनै पर्दछ ।
पदाधिकारीमै दावेदारी किन ?
नेविसंघको ११औं महाधिवेशन पार्टी एकता पछिको पहिलो महाधिवेशन हो । सागर भन्छन्, ‘लामो समयको अनुभव संगठनलाई दिन चाहन्छु । त्यसैले पनि नेविसंघको पदाधिकारी नै बन्छु भन्ने मेरो सोच हो । अर्को आधार, सांगठनिक स्वरूप फरक बनेको छ । शिक्षाको अवस्था, विषयगत कुरा फेरिएका छन् ।’ प्रविधिले परिवर्तनको वेहरी ल्याइदिएको छ । बदलिँदो समय र परिवेशलाई आत्मसात् गरी योजना सहितको प्रभावकारी संगठन चलाउन भूमिका खेल्न सक्छुृ भन्नेमा पूर्ण विश्वस्त छु ।
यस्तै, उनले नेपालको संविधानमा सम्पूर्ण क्षेत्र, वर्ग, लिङ्ग र समुदायबाट समानुपातिक प्रतिनिधित्व हुनु पर्ने व्यवस्था रहेको बताउँदै सोही अनुरुप सबै दल तथा संगठनले आफ्ना विधान बनाएकैले विधि सम्वत चल्नु पर्नेमा जोड दिए ।
समावेशी र समानुपाति अवधारणाई टेकेर अधिक सर्वस्वीकार्यतालाई ध्यान दिनु पर्दछ, उनले भने, ‘ता कि यीनै संरचनाले मुलुकको संवैधानिक वैधानिकतालाई सर्वश्रेष्ठता प्रदान गर्दछन् ।’ भए गरेका व्यवस्थाको भरपुर उपयोग गरी अधिकारको प्रत्याभूत गराउनु पर्दछ । जहाँ कुनै असझ्दारी आउँदैन । अपनत्वको भाव जागेर आउँछ ।