arrow

डिशहोम फाइबरनेटले ल्यायो मेगा–फाई अन्तर्गत ६०० एमबीपीएसको इन्टरनेट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २९ शनिबार
270804409_4817905204911427_3022611497595864664_n.png

काठमाडौं । डिशहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ । डिशहोमले हाई स्पीड ईन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपीएस स्पीडको ईन्टरनेट प्याकेज ल्याएको छ । 

नेपालमा नै पहिलो पटक लेटेस्ट वाईफाई टेक्नोलोजीको वाईफाई ६ राउटर र मेस नोडमार्फत ग्राहकहरुले हाई स्पीड ईन्टरनेटको मज्जा लिन सक्ने छन् ।

 डिशहोमले ल्याएको वाईफाई राउटर अहिले बजारमा पाइने राउटर भन्दा ४ गुणा फास्टर स्पीडमा चल्ने कम्पनीले दाबी गरेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स, गिगाबिट एक्सेस, डुअल ब्याण्ड स्मार्ट स्टेरिङ, सिमलेस रोमिङ, मल्टि लेभल प्रोटेक्सन, मोर कनेक्सन एन्ड मेश नेटवर्किङ जस्ता विशेषताहरु वाई–फाई ६ राउटरमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ