arrow

लगानी मैत्री नीति बनाए महासंघले सरकारसँग हातेमालो गरेर अघि बढ्ने

logo
प्रकाशित २०७३ साउन २२ शनिबार
FNCCImahasang.jpg.jpeg
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ सरकारले नयाँ लगानी भित्रिने खालको नीति नियमलाई प्राथमिकतामा राखेर कामगर्न सरकारलाई सुझाव दिएको छ । शनिबार भएको प्रधानमन्त्री पुष्पकमल दाहाल र महासंघका प्रतिनिधिहरूको भेटको क्रममा यस्तो सुझाव दिईएको महासंघले जनाएको छ ।
 
 महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास वालुवाटारमा निजी क्षेत्रको तर्फबाट बधाई एवं शुभकामना समेत दिएको महासंघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 
 
प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्षहरु किशोर कुमार प्रधान र शेखर गोल्छा, कार्यकारिणी समितिका सदस्यहरु चन्द्र प्रसाद ढकाल, अशोक कुमार तोदी, ज्योत्साना श्रेष्ठ, अशोक कुमार टेमानी र विजयसिं वैध, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडीया, महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठ समेत रहेका थिए ।
 
सो अवसरमा प्रधानमन्त्री दाहालले आफूले सधै उद्योग व्यवसाय क्षेत्रलाई उच्च प्राथमिकता दिएको र आफ्नो सरकारले सदैव निजी क्षेत्रलाई नजिकमा राखेर काम गर्ने प्रतिवद्धता जनाए । उनले मुलुकभित्र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउन तत्काल के गर्न सकिन्छ, यस सम्बन्धमा छिट्टै निजी क्षेत्रसँग बसेर विस्तृत रुपमा छलफल गर्ने आफ्नो सोंच रहेको बताएका थिए ।
 
भेटको क्रममा अध्यक्ष मुरारकाले मुलुकभित्र उद्योग व्यवसाय क्षेत्र फस्टाउने तथा नयां लगानी आउने वातावरण बनाउन अत्यावश्यक भएको भन्दै नीतिगत स्थायित्व सहित निजी क्षेत्रले माग गर्दै आएका केही महत्वपूर्ण ऐन कानूनहरुको निर्माण, संशोधन एवं पारित गर्ने कार्यमा नयां सरकारले उच्च प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए । 
 
अनेकन समस्याबाट निजी क्षेत्र गुज्रिन पुग्दा समग्र उद्योग व्यवसाय क्षेत्रनै प्रभावित भई यतिखेर निजी क्षेत्र हतोत्साहित भएको, अध्यक्ष मुरारकाको भनाई थियो । 
अध्यक्ष मुरारकाले मुलुकभित्र उद्योग व्यवसायको विकास-विस्तार, आर्थिक विकास, रोजगारी सृजना तथा राजस्वमा समेत योगदान दिने वर्ग भनेको निजी क्षेत्र नै भएकाले निजी क्षेत्रले उठान गरेका समस्या समाधानमा प्रधानमन्त्री समक्ष अनुरोध गरे । 
 
निजी क्षेत्र सदैव सरकारसँग नजिकमा रहेर काम गर्न प्रतिवद्ध रहेकाले नयां सरकारले ल्याउने आर्थिक विकासका कार्यक्रमहरुमा हातेमालो गरि अघि बढ्ने प्रतिवद्धता समेत मुरारकाले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ