arrow

मधेसी मोर्चा संविधानको विषयमा छलफल गर्न तयार भइसक्यो : मन्त्री लेखक

‘चाँडै मन्त्रिमण्डल विस्तार’

logo
प्रकाशित २०७३ साउन २२ शनिबार
ramesh-lekhak-naya.jpg.jpeg
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सरकारले काँग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चाबीच भएको तीन बुँदे सहमतिलाई कार्यान्वयनतर्फ अघि बढाएको बताएका छन् । 
 
शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा मन्त्री लेखकले भने,‘मन्त्रिपरिषद्को दोस्रो बैठकको निर्णयसँगै तीन बुँदे सहमति कार्यान्वयन गर्ने दिशामा अघि बढेको छ, यो ऐतिहासिक कदमले सकरात्मक प्रभाव परेको छ ।’ 
 
लेखकले मन्त्रीपरिषदको उक्त निर्णयसँगै मधेसी मोर्चा संविधानको विषयमा छलफल गर्न तयार भएको जिकिर गरे । संविधान कार्यान्वयनको लागि राजनीतिक दलहरुबीच सहमति, सहकार्य र एकता अनिवार्य रहेको मन्त्री लेखकको धारणा छ ।  
 
मन्त्री लेखकले संविधानको कार्यान्वयनको लागि पनि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको स्पष्ट पारे । उनले भने, ‘स्थानीय तह र निकायको निर्वाचन गर्नुपर्छ, यसको लागि सरकार आवश्यक कानुन निर्माणको लागि अघि बढ्छ , अरु निर्वाचन गर्ने तयारीमा लाग्छौं ।’ लेखकले एउटा सरकारको ठाउँमा अर्को सरकार बनाउनका लागि मात्रै नयाँ सरकार गठन नगरिएको बताए । 
 
उनले थपे,‘अघिल्लो सरकारले मुलुकका राष्ट्रिय एजेण्डालाई सही ढंगले सञ्चालन नगरेकै कारण अहिले नयाँ सरकार गठन गरिएको हो ।’ मन्त्री लेखकले सरकारले संविधानको सर्वस्वीकार्यता, संविधानको कार्यान्वयन, भूकम्पपीडितलाई राहत, मुलुकको पुनःनिर्माण, शान्ति, सुव्यवस्था, सुशासन लगायतका राष्ट्रिय एजेण्डालाई सम्बोधन गर्ने बताए । 
 
उनले नयाँ सरकारले छिट्टै पूर्णता पाउने भन्दै काँग्रेसबाट समेत मन्त्रीमण्डलमा छिट्टै उपर्युक्त प्रतिनिधित्व हुने बताए । उनले भने, ‘काँग्रेसलगायत अन्य पार्टीहरुबाट समेत चाँडै नाम टुँगो लाग्छ, मन्त्रिमण्डलले छिट्टै पूर्ण आकार लिन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ