arrow

सतुङ्गल डिसहोम फाइबरनेटको सह वितरक सोरुम उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
dish-home-showroom.jpg

काठमाडौँ। नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले काठमाडौँको चन्द्रागिरि नगरपालिका सतुङ्गलमा सह–वितरण सोरुमको शुभारम्भ गरेको छ। माघ २७ देखि डिसहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन ईलेक्ट्रोहोम डिटीएच नेटवर्कले गर्नेछ।

सो रुम उद्घाटनमा डिसहोमका तर्फबाट एरिया सेल्स म्यानेजर उज्ज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थिति रहेको थियो भने मार्केटीङ्ग डिपार्टमेन्टबाट दिनेश रतन र अनिल ठाकुर त्यस्तै सी.एम. ट्रेङ्गिङको तर्फ बाट सेल्स म्यानेजर सुनिल बाबा भट्ट, सेल्स अफिसर विक्रम लामाको उपस्थिति रहेको थियो।

विगत लामो समय देखि डिस मिडिया नेटवर्कसँग सहकार्य गरी डिसहोमको डीटीएच सेवा ग्राहकहरूमाझ पुर्‍याउँदै आएका ईलेक् ट्रोहोम डिटीएच नेटवर्कले अब डिसहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ।

२ सय भन्दा धेरै ग्राहकलाई डिसहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका ईलेक्ट्रोहोम डिटीएच नेटवोर्र्कले अब अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मदत गर्ने ईलेक्ट्रोहोम डिटीएच नेटवर्कका सञ्चालक सरोज लामिछानेले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ