arrow

भारतमा नेपालका पर्शुराम, सरिता र एलिसालाई स्वर्ण

logo
प्रकाशित २०७३ साउन २२ शनिबार
Nepali-tin-playar-lai-swarna.JPG.jpeg
काठमाडौं । भारतको कोलकातामा जारी दोश्रो अन्तर्राष्ट्रिय कराते च्यापिम्पयनसिपको पहिलो दिन नेपाली खेलाडीले ३ स्वर्ण जितेका छन् ।
 
पुरुषतर्फ पर्शुराम बाँस्तोला र महिलामा सरिता श्रेष्ठले एकल कातामा नेपाललाई स्वर्ण दिलाए । पर्शुरामले बंगलादेशलाई ५–०, सिंगापुरलाई ३–२ तथा भारतलाई ५–० ले पराजित गरे । सरिताले भारतलाई ३–२, सिंगापुरलाई ४–१ तथा बंगलादेशलाई ५–० ले हराइन् ।
 
महिला ५० केजीमा स्वर्ण जितेकी एलिसा लामाले फाइनलमा बंगलादेशकी खेलाडीलाई ४–२ ले पाखा लगाएकी थिइन् । त्यसअघि एलिसाले भारतलाई ८–० र सिंगापुरलाई ५–४ ले पन्छाएको भारतबाट स्वर्ण विजेता पर्शुरामले पठाएको इमेलमा उल्लेख छ ।
 
पुरुष ६७ केजीमा मोहन कार्कीले कांस्यमा चित्त बुझाए । पहिलो चरणमा भारतलाई ६–० ले निराश पारेका मोहनले क्वाटरफाइनलमा बंगलादेशी खेलाडीलाई ४–२ ले हराउदै सेमिफाइनल यात्रा तय गरेका थिए । सेमिफाइनलमा मोहन सिंगापुरका खेलाडीसंग ४–६ ले चुकेपछि कांस्यमा सीमित भएका हुन् ।



नयाँ