arrow

२१ बुँदे घोषणा पत्र जारी गर्दै आन्तरिक राजश्व विभागको गोष्ठि सम्पन्न, तीनवर्षे सुधारको योजना

logo
प्रकाशित २०७३ साउन २२ शनिबार
ird-chater.jpg.jpeg
काठमाडौं। आन्तरिक राजश्व विभागले तीन वर्षे सुधारको योजना प्रस्तुत गरेको छ। विभागले यही साउन २० देखि २२ सम्म काठमाडौंको बुढानिलकण्ठमा सञ्चालन गरेको व्यवस्थापन गोष्ठीका क्रममा यस्तो योजना प्रस्तुत गरेको हो । गोष्ठिले २१ बुंदे घोषणापत्र पनि जारी गरेको छ। 
 
उक्त कार्यक्रममा आन्तरिक राजस्व विभागको ३ वर्षे सुधार योजनासँगै परिमार्जित अन्तःशुल्क निर्देशिका, दोहोरो करमुक्ति एवं वित्तीय छल निरोध सम्झौताको संगालोको विमोचन पनि गरिएको थियो। 
 
उक्त अवसरमा कार्य सम्पादनमा उत्कृष्ट हुने कार्यालयहरुमा प्रथम हुने आन्तरिक राजस्व कार्यालय भरतपुर, दोस्रो हुने आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर, कञ्चनपुर र तृतीय हुने आन्तरिक राजस्व कार्यालय बुटवललाई उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराबाट प्रशंसापत्र प्रदान गरिएको थियो भने विभिन्न विधामा उल्लेखनीय काम गर्ने कार्यालयहरुलाई समेत प्रशंसापत्र प्रदान गरिएको थियो। 
 
उक्त कार्यक्रमको शुभारम्भ आन्तरिक राजस्व विभागका महानिर्देशक श्री चुडामणि शर्माले विहिवार गरेका थिए। पहिलो दिन विभागले आ.व. २०७२-७३ मा गरेका कार्यहरुको समीक्षा तथा आगामी दिनमा अवलम्बन गर्नुपर्ने रणनीतिको वारेमा छलफल गरेको थियो। 
 
सो अवसरमा विभागबाट गठन भएका ३४ वटा विषयगत टोलीको तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको थियो। उक्त कार्यक्रममा करदाता सेवा, कर परीक्षण, कर छुट पाउने संस्थाको नियमन, अवकास योगदान, अन्तःशुल्क प्रशासन लगायतका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो। 
 
दोस्रो दिन साउन २१ गते पनि विषयगत टोलीका संयोजकहरुद्धारा कार्यपत्र प्रस्तुतीलाई निरन्तरता दिइएको थियो। प्रत्येक समूहका मिल्दा जुल्दा विषयहरुलाई विभिन्न क्लस्टरमा विभाजन गरिएको थियो। समूहगत प्रस्तुतिपछि पेश भएका कार्यपत्रहरुमाथि सघन छलफल गरी प्राप्त सुझावहरुलाई आफ्नो कार्य पत्रमा समावेश गरी विभागमा प्रस्तुत गर्नुपर्ने जिम्मेवारी सम्बन्धित प्रस्तोतालाई सुम्पिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ