arrow

कोरोना खोप केपी ओलीकै पालामा दुरुपयोग, वीर अस्पतालका भ्याक्सिनेटरको साथ, खोप छानबिन समिति बेखबर 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
273535581_617948535944763_6448207654701395057_n.jpg
तस्बिर– मन्त्री खतिवडालाई प्रतिवेदन बुझाउँदै छानबिन समिति ।

काठमाडौं । कोरोना भाइरसको महामारीलाई रोक्न महत्वपूर्ण मानिएको कोरोना भाइरसविरुद्धको खोप नै हराएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा अहिले सर्वाधिक आलोचित बनेका छन् । झण्डै २४ लाख खोपको हिसाब नआएपछि उनीमाथि खोप नै बेचेर चरम भ्रष्टाचार गरेको आरोप प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगाइरहेको छ । 

उनले सबै तह र तप्कालाई खोपको रिपोर्ट दिन निर्देशन दिए पनि त्यसको हिसाब आउन सकेको छैन । हिसाब आउने पनि छैन । उक्त खोप खोज्नका लागि मन्त्री खतिवडाले खोप छानबिन समिति पनि बनाए । समितिले सोमबार मात्र प्रतिवेदन बुझाएको छ । 

प्रतिवेदनको निष्कर्ष भने सार्वजनिक गरिएको छैन । मन्त्री खतिवडाले पत्रकार सम्मेलन गरेर खोपको प्रतिवेदन सार्वजनिक गर्ने जनाएका छन् ।

तर यो प्रतिवेदन अपुरो हुने निश्चित छ । किनकि यो खोप अहिले नभइ पहिलेदेखि नै घोटाला र अनियमितता हुँदै आएको थियो । यसको प्रमुख कारण हो केपी शर्मा ओली नेतृत्वको सरकार । ओली सरकारकै पालामा घोटाला शुरु भएको थियो । हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री हुँदा नै खोपको चरम दुरुपयोग भएको थियो । 

नेपालीहरुले खोप लगाउन नपाउँदै भारतीयहरुलाई खोप लगाउन थालिएको थियो । यो कुकार्यलाई सघाउने काम वीर अस्पतालका भ्याक्सिनेटरहरुले गरेका थिए । वीरका भ्याक्सिनेटरहरु अहेब नवराज श्रेष्ठ, टिकाराम पनेरू, युवराज सुवेदीले तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्याल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निकटका व्यक्तिहरु भएको भन्दै मोटो रकम लिँदै खोप लगाइदिने गरेको वीर स्रोतको दाबी छ । 

आफू निकट व्यक्ति, उच्च घराना र विभिन्न सहकारीका कर्मचारीलाई उमेर समूह नमिले पनि प्रतिव्यक्ति १० हजार रुपैयाँ लिँदै दर्तामा बसेर कोभिशिल्ड र भेरोसिल खोपको ब्यापक अनियमितता गरेको बताइन्छ । हाम्राकुराले त्यसको प्रमाण पनि फेला पारेको छ । 

त्यतिमात्र होइन विदेशीहरुलाईसमेत खोप लगाइएको छ । कम्तीमा २५ हजार रुपैयाँ लिएर उनीहरुले खोप लगाइदिएको दाबी स्रोतको छ । उनीहरुले लगाइदिएको खोपको कार्डबाटसमेत पनि त्यसको पुष्टि हुन्छ । नेपालमा खोप लगाउन पाइन्छ भनेपछि विदेशीहरु भारतबाट हवाइजहाज चार्टर्ड गरेर नेपाल आएर खोप लगाएका थिए । 

सो समूहले राजधानीको बनस्थलीस्थित अर्किड क्याफेमा पनि पैसा लिएर खोप केन्द्र नै गोप्य रुपमा संचालन गरेका थिए । 

उनीहरुविरुद्ध अख्तियार, राष्ट्रिय सर्तकता केन्द्र, प्रधानमन्त्री कार्यालय तथा स्वास्थ्य मन्त्रालयमा उजुरीसमेत परेको थियो । तर तत्कालीन स्वास्थ्य सचिव अर्याललाई मोटो रकम बुझाएर उनीहरु कारवाहीबाट बचेका थिए । 

२४ लाख खोप हराएको चर्चा मुलुकभर चलेर मन्त्रालयले हरेक तह र तप्कालाई खोपको विवरण दिन निर्देशन दिएको भए पनि यस्ता लालचमा परेर खोप बेपत्ता पार्नेहरु भने छानबिन समितिको दायराभित्र परेका छैनन् ।

नेपालकै सबैभन्दा पुरानो अस्पताललाई बदनाम गराउन अझै पनि चलखेल गर्नेहरुको हालीमुहाली कायमै रहेको बताइन्छ । एक उच्च अधिकृतले भने, ‘वीरको बेथिति हटाउन गाह्रो छ । यो त सबैभन्दा ठूलो रोग नै हो ।’

वीरमा अहिले अनियमितता गर्नेहरु नै बच्नका लागि झुटो उजुरी दिँदै हिँडेको स्रोत बताउँछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ