arrow

विगमार्टले छनोट गरेका ७ भाग्यशालीलाई एक वर्षसम्म नि:शुल्क किनमेल

logo
प्रकाशित २०७३ साउन २२ शनिबार
Big_mart-new.jpg.jpeg
काठमाडौं । विगमार्ट सुपरमार्केटले सातौं वार्षिकोत्सवका अवसरमा भाग्यशाली ग्राहक छनोट गरेको छ । 
 
विगमार्टको नक्शालस्थीत स्टोर परिसरमा आयोजित छनोट कार्यक्रमबाट सात जना भाग्यशाली ग्राहक छनोट गरिएको हो । छनोट भएका ग्राहकले एक वर्षभरी एक लाख रुपैँया बराबरको किनमेल निःशुल्क गर्न पाउने विगमार्टका अप्रेसन म्यानेजर गजेन्द्र न्यौपानेले जानकारी दिए । 
 
जुलाई महिना भर  विगमार्टमा किनमेल गरेका ६५ हजार ग्राहकले भरेको कुपनहरु मध्येबाट भाग्यशाली ग्राहक छनोट गरिएको हो । 
 
छनौट हुनेमा नयाँ बसपार्कका अंजन थापा, गंगोवुका जितेन्द्र रम्तेल, जाउलाखेलका अशोक लामा, एकान्तकुनाका सुप्रिम नकर्मी, खुमलटारका विनोद घिमिरे, विना भट्टराई र थर तथा ठेगाना नखुलेकी संगीना गरी सात जना रहेका छन् । 
 
सिटी सेन्टरबाट सुरु भएको विगमार्टले अहिले काठमाडौका १७ ठाउमा सुपरमार्केट सञ्चालन गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ