एजेन्सी । सलमान खानलले बलिउडमा भगवान हनुमान समर्पित भक्त भएर अभिनय गरिसकेका छन् । सलमानले बजरंगी भाईजानमा हनुमान समर्पित भक्तको भूमिका निभाएका थिए । तर अब दर्शकहरुले सलमानलाई हनुमानको रूपमा सुन्न पाउने भएका छन् ।
'टाइम्स अफ इन्डिया' का अनुसार चलचित्र निर्देशक सुधीर मिश्रा एउटा एनिमेटेड चलचित्रको निर्देशन गर्न गइरहेका छन् । चलचित्रको नाम - 'हनुमान दा दमदार' रहेको छ । सो चलचित्रमा सलमान व्यस्क हनुमानको लागि आफ्नो आवाज दिनेछन् ।
लेखक रुचि नारायणले सलमानको यस भुमिकाको लागि सलमानसँग सम्पर्क गरेका छन् । रुचिका अनुसार सलमान एउटा यस्ता अभिनेता हुन् जस्को खुट्टमा बल परेसँगै गोलको बर्षा हुन्छ ।