काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले केपी ओलीकै पाइला पछ्याउन थालेका छन् । ओली सरकारले गरेका हरेक निर्णय कार्यान्वयन गर्ने दृढता राखेका प्रधानमन्त्री दाहालले ओली प्रधानमन्त्री हुँदा नेपाल टेलिभिजनमा संचालन भएको ‘प्रधानमन्त्रीसँग सीधा प्रश्न कार्यक्रममा समेत सहभागिता जनाउने भएका छन् ।
दाहालले शनिबार साँझबाटै सो कार्यक्रममा सहभागिता जनाउँदै छन् । दाहालको निजी ट्वीटर अकाउन्टमा कार्यक्रममा सहभागि हुने जानकारी ट्वीट भएको छ । संचारकर्मी रवि लामिछानेले सरकार प्रमुखलाई जवाफदेही राख्न कार्यक्रम सुरु गरेका थिए ।