arrow

सरकारको आयु नौ महिना हुने भन्ने लिखित सहमति भएको छैन –प्रचण्ड

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
dahal-PM-baneko-news.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनको वातावरण सिर्जना गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।  
 
शनिबार बेलुका नेपाल टेलिभिजनबाट प्रसारित ‘सिधाकुरा प्रधानमन्त्रीसँग’ मा कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने– ‘संविधान कार्यान्वयन गर्न वातावरण सिर्जना गर्नु आवश्यकता र चुनौती दुवै हो, त्यसका लागि संविधानप्रति असन्तुष्टि व्यक्त गर्ने आदिवासी जनजाति र मधेसी समुदायलाई सहमतिमा ल्याएर सरकार अगाडि बढ्नेछ ।’ 
 
संविधान कार्यान्वयनका लागि प्रतिपक्षी दलसँग समेत सहकार्य गरेर अगाडि बढ्ने प्रचण्डको को भनाइ छ । त्यसैगरी प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारले पुनःनिर्माण, विकास र समृद्धि, भ्रष्टाचार, महँगी, कालोबजारी तथा देशमा व्याप्त दण्डहीनताको अन्त्य गर्ने सङ्कल्प गरे । 
 
एक प्रश्नको जवाफमा उनले भने – ‘हामीले कहिल्यै प्रत्येक जातिलाई प्रदेश बाँड्ने भनेकै छैनौँ ।’ प्रधानमन्त्री प्रचण्डले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका सबै निर्णय र नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने भन्दा पनि राष्ट्र र जनताको पक्षमा भएका निर्णय आफ्नो सरकारले कार्यान्वयन गर्ने बताए ।
 
उनले भने – ‘सरकार परिवर्तन गर्नुको पछाडि केही न केही अन्तरहरू रहेका थिए, त्यसैले पनि अघिल्लो सरकारका सबै निर्णय कार्यान्वयन हुन्छ नै भन्ने होइन ।’ 
 
प्रधानमन्त्री प्रचण्डले सरकारको आयु नौ महिनामात्र हुने भन्नेबारेमा कुनै त्यस्तो लिखित सहमति भएको छैन, तर यतिभित्रमा कामसक्ने वा सरकारको प्राथमिकता के–के हुने भन्नेबारे केही आधारहरू तयार भएको छ भने । 
 
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सुरु भएको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’लाई शनिबारदेखि पुनः निरन्तरता दिइएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ