'स्थानीय निर्वाचन सार्न माग गर्दै परेको रिट दर्ता गर्न सर्वोच्चको आदेश'
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ४ बुधबार
1.6k
Shares
फाइल तस्बिर
काठमाडौँ। आगामी वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तह निर्वाचन रोक्न मागसहित परेको रिट दर्ता गर्न सर्वोच्च आदेश दिएको छ।
वैशाख ३० गते आफ्नो ५ वर्षे कार्यकाल पूरा नहुने भन्दै महोत्तरीको भंगाहा नगरपालिका मेयर सञ्जीवकुमार शाहले दिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले बुधवार आदेश दिएको हो । यसका साथै यही प्रकृतिका अन्य रिट भए पनि दर्ता गर्न आग्रह गरिएको छ।