arrow

बिहीबारदेखि स्थानीय तहको निर्वाचनको लागि दल दर्ता शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ४ बुधबार
election-commission167.jpg

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो ।

बैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । फागुन ५ गते बिहीबारदेखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने उनले बताए ।

सरकारले बैशाख ३० गते एकै चरणमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको थियो । स्थानीय तहको मितिविरुद्ध सर्वोच्चमा रिट परेको थियो र उक्त मुद्दा दरपीठ भएको थियो ।  

तर सर्वोच्चले निर्वाचन मितिविरूद्ध परेको रिट दर्ता गर्न बुधबार आदेश दिएको छ ।

यो रिट दर्ता गर्न दिएको आदेशले चलखेल हुन सक्ने भन्दै आपत्तिसमेत जनाइएको छ । एमालेका नेता प्रदीप ज्ञवालीले ‘कानूनको छिद्रमा खेल्दै स्थानीय निर्वाचन पर धकेल्ने राजनीतिक दाउपेचमा अदालतलाई प्रयोग गर्न खोजिएको हो ?’ भनी ट्वीटर गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ