रियो । ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक खेलकुदमा आइतबार राति पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् ।
गौरिकाले महिला सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।
रियो ओलम्पिकमा सहभागी खेलाडीमध्ये सबैभन्दा कान्छी खेलाडी बनेकी गौरिकाले यसअघि नैं विश्वभर चर्चा कमाइसकेकी छिन् ।
गौरिका १३ वर्षकीमात्र हुन् ।
यो खेलमा राष्ट्रिय कीर्तिमान सुधार गर्ने गौरिकाको लक्ष्य छ ।
गौरिकाले अघिल्लो वर्ष सम्पन्न दक्षिण एशियाली खेलकुद सागमा पौडीतर्फ एक रजत तथा तीन वटा कास्य पदक जितेकी थिइन् ।
गौरिकाको व्यक्तिगत प्रदर्शन १ मिनेट ०८.१२ सेकेन्डको रहेको छ । यो स्पर्धामा अष्ट्रेलियाकी इबोली सीबोमको व्यक्तिगत प्रदर्शन ५८.२६ सेकेन्डको रहेको छ ।
गौरिकाभन्दा पछाडि सामोआ, कोसोभोका खेलाडी छन् । दुवै जना गौरिकाकै हिटमा रहेका छन् ।
अहिले त्यो कीर्तिमानलाई तोडेर १ मिनेट ०६ सेकेन्डमा दूरी सकाउने लक्ष्य लिएकी छिन् ।