arrow

नेविसंघको चुनावी विवाद मिल्ने सम्भावना, प्रकाशशरणका घरमा सर्वपक्षीय छलफल

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
NSU-11-conventation-logo.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघको ११ औं महाधिवेशनको उद्घाटन हुँदै गर्दा विवाद भने अझै मिल्न सकेको छैन । विवाद मिलाउनका लागि महाधिवशेन निर्देशन समितिका संयोजक प्रकाशशरण महतको निवासमा सर्वपक्षीय छलफल चलिरहेको छ ।  
 
छलफल सकारात्मक मोडमा अगाडि बढिरहेको छलफलमा सहभागी एक नेताले जानकारी दिए । आन्दोलनरत पक्षले विधिवत् महाधिवेशनको माग गर्दैै दुई विद्यार्थी आमरण अनसन बसेका अवस्थामा समस्याको समाधानतिर अगाडि बढिरहेको जनाइएको छ । 
 
फर्जी प्रतिनिधिको खारेजी गरी महाधिवेशन गर्ने तयारी भइरहेको बुझिएको छ । दिउँसो १ बजे उद्घाटन सुरु हुनुअघि नै समाधान हुने बताइएको छ ।
 
योसंगै आमरण अनसनमा रहेका गणेश सापकोटा र रत्नहरि ढुङ्गेलको अनसन तोडिने बताइन्छ । दुवैको अस्पतालमा उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ