रियो। एसियाली राष्ट्र भियतनामलाई पहिलो पटक ओलम्पिक खेलकुदमा स्वर्ण पदक हात परेको छ।
ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिकको सुटिङमा पेस्तोलतर्फ भियतनामले स्वर्ण पदक हात पारेको हो। भियतनामका लागि ४१ वर्षीय होयाङले पुरूषतर्फको १० मिटर एयर पेस्तोल सुटिङमा स्वर्ण पदक दिलाएका हुन्।
भियतनामले ६४ वर्षदेखि ओलम्पिक खेलकुदमा सहभागिता जनाउँदै आए पनि यसअगाडि स्वर्ण पदक जित्न सकेको थिएन।