arrow

लिभरपुलसँग बार्सिलोनाको लज्जास्पद हार

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
liverpool.jpg.jpeg
एजेन्सी। स्पानिस क्लब बार्सिलोनाले इङ्लिश क्लब लिभरपुलसँग लज्जास्पद हार व्यहोरेको छ। शनिबार राति भएको मैत्रिपूर्ण खेलमा लिभरपुलले बार्सिलोनालाई ४-० गोल अन्तरले पराजित गरेको हो। 
 
लिभरपुलले खेलको १५ औं मिनेटमा साडिओ मानेको गोलबाट सुरूवाती अग्रता लिएको थियो। बार्सिलोनाका जाभियर मासेरानोले आत्मघाती गोल गरेपछि लिभरपुलको अग्रता दोब्बर भयो। 
 
ओरिगी र मार्को गुर्जिकले गोल गर्दे लिभरपुललाई ४-० गोलको जित दिलाएका हुन्।  बार्सिलोनाको लागि खेलमा लिओनल मेस्सी र लिभरपुलका पूर्व स्ट्राइकर लुइस स्वारेज खेले पनि टिमलाई हारबाट जोगाउन सकेनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ