arrow

२० वर्षदेखि साचेको सपना विद्युत आयोजनासँगै बग्यो

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
micro_hydro_cartoon1.jpg.jpeg
मुगु। शनिबार राति परेको पानीसँगै आएको बाढीले मुगुमा सम्पन्न हुन लागेको एक विद्युत् आयोजनाको नहर भत्कँदा २० वर्षदेखिको विद्युत् बाल्ने गाउँलेको सपना चकनाचुर भएको छ । 
 
माग्री गाविस– ७ मा रहेको च्याप्नेगाढमा गए राति बाढी आउँदा उक्त खोलामा निमार्णाधीन माग्री जलविद्युत् आयोजनाको निर्माण भइसकेको २६५ मि पक्की नहर बिग्रेको हो । विसं २०५३ मा दुर्गम क्षेत्र विकास समितिले माग्री गाविसका ५, ६, ७, ८ र ९ वडाका ४०० घरधुरीलाई लक्ष्य गरी २५ किलोबाट विद्युत् उत्पादन गर्ने गरी निर्माण थालेको सो आयोजना यस वर्ष भदौ मसान्तमा सम्पन्न भएर आगामी दसैँमा उद्घाटन गर्ने योजना रहेको आयोजनाका अध्यक्ष सोनाम लामा बताउछन् । 
 
दसैँदेखि विद्युत् उत्पादन भई वितरण हुने भएपछि गाउँलेले आआफ्ना घरमा विद्युतीय सामान जडान गरिरहेका थिए । एक्कासि बाढीले नहर बिगारेपछि अब कहिले बन्ने हो भनेर आफूहरु चिन्तित भएको माग्री गाउँका पात्मा नाम्गेल तामाङ बताउछन् । 
 
 
बीस वर्ष बितिसक्दा पनि कम बजेटका कारण निर्माण ढिलाइ भएको भन्ने जनगुनासो आएपछि यस वर्ष दुर्गम क्षेत्र विकास समितिले रु तीन लाख, नेपाल जलवायु सहयोग कार्यक्रमले रु पाँच लाख र निर्वाचन क्षेत्र विकास कार्यक्रमले रु १४ लाख विनियोजना गरेका थिए । निमार्णाधीन सो आयोजना जिल्ला सदरमुकाम गमगढीबाट १२ कोस पूर्वमा छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ