arrow

बाढीपीडितका लागि डा. केसीको उपचार जारी

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
@ KC.jpg.jpeg
राजविराज। सप्तरीका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्योपचार गर्न आएका डा गोविन्द केसी आज दोस्रो दिन पनि उपचारमा व्यस्त छन् । 
 
आज जिल्लाको तिलाठी गाविस– ७ स्थित पाठशालामा उनले निःशुल्क स्वास्थ्योपचार गरे । सप्तरी उद्योग वाणिज्य सङ्घको संयोजन तथा तिलाठीका युवाको आयोजनामा डा केसीले त्यहाँ रहेका बाढीपीडितका लागि हाडजोर्नी तथा नसासम्बन्धी रोगको निःशुल्क उपचार गरिरहेका छन् । 
 
डा केसी आफँले विभिन्न औषधि, फलफूल लगायत सामग्री बोकेर सो ठाउँमा  आएका हुन् । उक्त ठाउँमा आज मात्रै उनले २५/३० जनाको निःशुल्क उपचार गरेको तिलाठीका युवक नीरज झाले जानकारी दिए । 
 
डा केसी आएको खबर पाएपछि सकरपुरा, लोनिया, रम्पुरा मल्हनियाँ, कोलाडी लगायत आधा दर्जन गाविसका बाढीपीडित उपचारका लागि लाइनमा छन् ।
 
यसैबीच बाढीबाट प्रभावित छिमेकी भारतको सुपौल जिल्ला अन्तर्गत कुनोलीका पाँच बाढीपीडितलाई समेत डा केसीले आज निःशुल्क उपचार गरेको बताइएको छ । यसअघि शनिबार डा केसीले तिलाठीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा एक सय २५ बाढीपीडितको उपचार गरेका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ