arrow

पार्टीको चुनाव चिन्ह पाउन ३० दलले बुझाए ज्ञापन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
30-party-election-commission.jpg

काठमाडौं । ३० राजनीतिक दल आवद्ध ‘स्थानीय निर्वाचन चुनाव चिह्न सङ्घर्ष समिति’ले निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएर स्थानीय निर्वाचनमा चुनाव चिह्न प्रयोगको असमान व्यवस्था खारेज गर्न माग गरेको छ । 

सङ्घर्ष समितिका प्रतिनिधिले राष्ट्रिय निर्वाचन आयोगका  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रबार ज्ञापनपत्र बुझाएका हुन् । स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानूनी व्यवस्था विभेदकारी र अन्यायपूर्ण भएको र यसले एउटै संविधान र कानूनी प्रक्रिया पूरा गरी निर्वाचन आयोगमा दर्ता भएका दलहरूलाई अलग अलग वर्गीकरण गरी राजनीतिमा राष्ट्रिय मान्यता दलहरूको सिन्डिकेट खडा गरेको समितिको ठहर छ । 

समितिको ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त थपलियाले आयोगको तर्फबाट ऐन संशोधनको लागि आवश्यक पहल गरिरहेको जानकारी गराए । 
स्थानीय निर्वाचनमा चुनाव चिह्न प्रयोगको असमान व्यवस्था खारेज गर्न माग गर्दै समितिले फागुन ८ गते बालुवाटारमा प्रदर्शन गर्ने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ