काठमाडौं। नेपाली काँग्रेसको भातृ संगठन नेपाली विद्धयार्थी संघ नेविसंघको ११ औं महाधिवेशन आइतबारबाट सुरू हुँदैछ। महाधिवेशनको उद्घाटन भृकुटीमण्डपमा पार्टी सभापति शेर बहादुर देउवाले गर्दैछन्। पार्टीका नेताहरुले पनि महाधिवेशनलाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ। करिव १० बर्षपछि हुन लागेको महाधिवेशनको उद्घाटनको दिनसम्म आइपुग्दा समेत प्रतिनिधी विवाद नमिलेपछि विद्यार्थीहरु गुटगुटमा बाँडिएका छन्। असन्तुष्टहरुका बीचमा कुनै अप्रिय स्थित आउन नदिन यतिखेर महाधिवेशन स्थल भृकुटीमण्डपको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइएको छ।
महाधिवेशनको उद्घाटन समारोहमा हुनेसक्ने कुनै पनि किसिमको झडपलाई ख्याल राख्दै महाधिवेशन स्थलमा दर्जनौं नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ। प्रदर्शनी मार्गबाट महाधिवेशन स्थल पुग्न नेपाल प्रहरी टोलीबाट दुई चरणको सुरक्षा चेकजाँच गर्ने व्यवस्था गरिएको छ। गृहमन्त्री समेत रहेका काँग्रेस नेता विमलेन्द्र निधीले कुनै पनि हालतमा महाधिवेशन विथोल्ने नियतका साथ हुने क्रियाकलापलाई रोक्न प्रहरीका उच्च अधिकारीहरुलाई निर्देशन दिए लगत्तै प्रहरीको तैनाथी र सुरक्षा जाँच बढाइएको छ।
महाधिवेशन स्थलमा उपत्यका भित्र र बाहिरबाट आएका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ। महाधिवेशनको उद्घाटन स्थल अगाडी “बडी स्टान्डर्ड मेसिन” बाट चेकजाँचको व्यवस्था गरिएको छ। महाधिवेशनमा विभिन्न खाले घुसपैठ हुन सक्ने भन्दै यो जाँचको व्यवस्था प्रहरीले गरेको छ। विभिन्न उमेद्वारहरुसमहयोग पुर्याउने नाममा देशभरका 'गुण्डा' हरु पनि काठमाडौंमा सक्रिय रहेको प्रहरीको बुझाइपछि त्यस्ता 'गुण्डा'हरुमाथि पनि प्रहीले निगरानी बढाएको छ।
विद्यार्थी प्रतिनिधीहरुले शान्तिपूर्ण ढंग र विधिीवत तरिकाले महाधिवशेन गरि नेतृत्व छान्न पाउनुपर्ने माग गर्दै आएका छन्। यता महाधिवेशनको उद्घाटन हुनलाग्दा उता विधिवत् महाधिवेशनको माग गर्दै गत ९ दिनदेखि दुई युवाहरू गणेश सापकोटा र रत्नहरी ढुङ्गेल काठमाडौं मोडल अस्पतालमा अन्सनरत् छन्। उनीहरूको अनसन आजपनि जारी छ।
नेविसंघमा अध्यक्षमा करिव १६ जना र र महामन्त्रीमा पनि त्यतिकै संख्यामा प्रतयासीहरु रहेका छन्। सबै तहमा गरि करिव ५ सय उमेद्वार हुने आँकलन छ। महाधिवेशन प्रतिनिधी भने करिव ३२ सय हुने बताइएको छ। तर विवादका कारण महाधिवेशन प्रतिनिधीको लिष्ट सार्वजनिक गरिएको छैन।