arrow

सिटी टोटनह्यामसँग स्तव्ध हुँदा लिभरपुलले अन्तर घटायो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
city-tottenham-2022.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी पराजित हुँदा लिभरपुलले अन्तर घटाउने अवसर पाएको छ । शनिबार राति भएको खेलमा सिटीलाई टोटनह्याम हट्सपरले ३–२ गोल अन्तरले हराएको हो ।

सिटीको मैदानमा खेलको चौंथो मिनेटमा डेजन कुलुसेभ्सकीले गोल गर्दै टोटनह्यामलाई शुरुआती अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई १–१ को बराबरीमा ल्याए ।

५९ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनह्यामलाई २–१ को अग्रता दिलाए । इन्जुरी समयको दोस्रो मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई २–२ को बराबरीमा ल्याए ।

तर इन्जुरी समयको पाँचौं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामलाई ३–२ को जित दिलाए । यो हारले सिटीको सहजै उपाधि जित्ने लक्ष्यमा पूर्णविराम लागेको छ । 

सिटीको हार र शनिबारकै खेलमा लिभरपुलको जितले अब उपाधिका लागि लिभरपुल पनि उत्तिकै दाबेदार देखिएको छ । लिभरपुलले नर्विच सिटीलाई ३–१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो । खेलको ४८ औं मिनेटमा मिलोट राशिकाले गोल गर्दै नर्विचलाई अग्रता दिलाएका थिए ।

तर ६४ औं मिनेटमा साडियो माने, ६७ औं मिनेटमा मोहम्मद सलाह र ८१ औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।

अन्य खेलको नतिजा
शनिबारका खेलमा वेष्टह्याम र न्यूकासल युनाइटेडले १–१ को बराबरी खेले । आर्सनलले ब्रेन्टफोर्डलाई २–१ ले हरायो । 

एस्टन भिल्ला वाटफोर्डसँग १–० ले पराजित भयो । 

बर्नलीले ब्राइटनलाई ३–० ले हरायो । 

चेल्सीले हाकिम जिएचको गोलमार्फत क्रिष्टल प्यालेसलाई १–० ले हरायो । 

साउथह्याम्पटनले एभर्टनलाई २–० ले हरायो । 

अंक तालिका
२६ खेलबाट म्यानचेस्टर सिटी ६३ अंकसहित शीर्ष स्थानमा छ । लिभरपुल २५ खेलबाट ५७ अंकसहित दोस्रो स्थानमा छ । 

चेल्सी २५ खेलबाट ५० अंकसहित तेस्रो स्थानमा छ । म्याचेस्टर युनाइटेड २५ खेलबाट ४३ अंकसहित चौथो स्थानमा छ । 

वेष्टह्याम २६ खेलबाट ४२ अंकसहित पाँचौं स्थानमा छ । आर्सनल २३ खेलबाट ४२ अंकसहित छैटौं स्थानमा छ । 

टोटनह्याम २३ खेलबाट ३९ अंकसहित सातौं स्थानमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ