arrow

जनकवि दुर्गालाल श्रेष्ठको घरमा आगलागी, ६ पसलसंगै कविका सम्मानपत्र समेत जले

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
janabi-ko-gharma-aaglagi.jpg.jpeg
काठमाडौं । ठमेल नरसिंहचोकस्थित जनकवि दुर्गालाल श्रेष्ठको घर आगलागी भएको छ । विद्युत सर्ट भएर लागेको आगो नियन्त्रणमा लिन करिब डेढ घण्टा लागेको थियो । यद्यपि, समयमै दमकल र सुरक्षाकर्मी पुगेका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको स्थानीयले बताएका छन् । 
 
आगो निभाउन पाँचवटा दमकल खटाइएको थियो । यस्तै सेना, प्रहरी र स्थानीयले समेत आगो नियन्त्रण गर्न सहयोग गरे । लोडसेडिङपछि अचानक विजुली आउँदा विद्युत सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ । तल्लो तल्लाबाट सुरु भएको आगो तीन तल्लासम्म फैलिएको थियो । 
 
आगलागीबाट कवि श्रेष्ठको घरमा रहेको झोलाको गोदाम, थान्का लगायतका ६ वटा पसल जलेका छन् । कवि श्रेष्ठको तीन तल्लामा रहेका सामान र सम्मान पत्रहरु पनि जलेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ