एजेन्सी । संजय लीला भंसालीको चलचित्र 'राम लीला' र 'बाजीराव मस्तानी' मा अभिनय गरेपछि बलिउड अभिनेत्री दीपिका पादुकोण एक पटक पुन: भंसालीको चलचित्र 'पद्मावती' मा अभिनय गर्ने भएकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार दीपिकालाई चलचित्रको लागि १६ करोड नेपाली रुपैया दिइएको छ । दीपिका सो चलचित्रबाट नाफाको हिस्सा (प्रफिट शेयरिंग पर्सेन्टेज) चाहान्थिइन् तर चलचित्रका निर्माताले उनको सो प्रस्तावलाई अस्विकार गरेका छन् ।
बलिउडमा अभिनेत्रीहरुलाई भुमिका हेरेर मात्र चलचलचित्रको नाफाको हिस्सा दिने गरिएको छ । एक अनलाइन साइटका अनुसार , 'दीपिकालाई निर्माताले यती धेरै पैसा यसकारण दिएका छन् कि दीपिकालाई चलचित्रको नाफाको हिस्सा माग्न नपरोस ।'
चलचित्र 'पीकू' मा अभिनयको लागि दीपिकालाई १२.८ करोड रुपैया दिइएको थियो साथै नाफाको केहि हिस्सा पनि बाडिएको थियो । सो कारण दिपिकाले 'पद्मावती' को लागि पनि प्रफिट शेयरिंगको माग गरिकी हुन् ।