arrow

शहीद घोषणा: भारतीय युवकलाई पनि शहीद घोषणा गर्न दाहाललाई ठुङ्दै मोर्चा

शहीद घोषणा गर्ने प्रक्रिया अघि बढ्याे

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
prachanda-aaaa.JPG.jpeg
काठमाडौं । प्रधानमन्त्रीको निर्वाचनको केही घण्टा अघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासंग तीन बुँदे सहमति गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले सहमतिको २ नम्बर बुँदाको कार्यान्वयन तीब्र पारेका छन् । 
 
दाहालले २ नम्बर बुँदामा उल्लेख भए अनुसार ‘तराई मधेस’ आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाएका हुन् ।
 
घाइते तथा मृतकका परिवारलाई आर्थिक सहायता दिने निर्णय गरिसेका दाहालले गृहमन्त्रालय मार्फत शहीद घोषणा प्रक्रिया अघि बढाएका छन् । 
 
यद्यपि, दाहालले कानुनी प्रक्रिया नहेरी आन्दोलनका क्रममा मृत्यु भएका एक भारतीय युवकलाई समेत शहीद घोषणा गर्नु पर्ने मार्चाको सिफारिसलाई मानेको भन्दै आलोचना भएको छ । गृहमन्त्रालयले भने  सिफारिस आएपनि, पछि घोषणा कानुन सम्बत हुने जवाफ दिएको छ । 
 
मन्त्रालयका सहप्रवक्ता विनोद केसीले हाम्राकुरासंग भने, ‘हो प्रक्रिया अघि बढिसक्यो । पछि घोषणा हुँदा कस्लाई गर्ने नगर्ने भन्ने विषय कानुनी प्रक्रिया अनुसार टुंगो लाग्ने हो । जसरी बाहिर कुरा आएको छ । त्यति सहजै हुँदैन ।’ मन्त्रिपरिषद्ले निर्णय गरेका खण्डमा पनि विधि र प्रक्रिया अपनाइन्छ । 
 
अनि मेधसी मोर्चासंग सबैलाई शहीद घोषणा गर्ने लिखित सम्झौता छ, उनीहरुले माननेन् भने ? जवाफमा सहप्रवक्ता केसीले भने, ‘कानुन मान्दिन भन्न त कसैले पाइएन नी ? । कानुन सम्बत हुने कुरा सबैले मान्नै पर्दछ ।
 
यद्यपि, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले ती भारतीय युवकले समेत नेपाली भूमिमै आएर गोली निलेकाले शहीद घोषणा गर्नु पर्ने सिफारिस गरेका छन् ।  उनले त्यसो नभए आफुहरुलाई मान्य नहुने बताउँदै आएका छन् । दाहाललाई शहीद घोषणामा फेरि फसाद आइलागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ