arrow

रियो ओलम्पिक २०१६ मा पदक दौड सुरू, को छन टप टेन भित्र

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
rio-olympics.jpg.jpeg
काठमाडौँ ।  शनिबार एक भब्य उद्घाटन समारोहबीच रियो ओलम्पिक खेलकुद २०१६ सुरू भएको छ। उद्घाटन भएसँगै ओलम्पिकको विभिन्न इभेन्टको खेलहरू पनि धमाधम भइरहेका छन्। विश्वभरबाट २०५ राष्ट्रहरूको सहभागिता रहेको यस ओलम्पिक खेलकुद महामेलामा राष्ट्रहरूबीच पदकको लागि दौड सुरू भएको छ। हेर्नुस् पदक दौडमा को परे टप टेन भित्र।
 
पदक दौडमा २ स्वर्ण र १ कास्य गरि अष्ट्रेलिया अग्रपङ्तिमा छ। २ स्वर्ण नै हात पारेको हंगेरी दोस्रो स्थानमा छ। 
यसैगरि १ स्वर्ण र ४ रजत गरि अमेरिका तेस्रो, १ स्वर्ण र १ रजत गरि कोरिया रिपब्लिक चौथो, र १ स्वर्ण र ४ काँस्य गरि जापान पाचौं स्थानमा छन्। 
 
समान १ स्वर्ण हात पार्दै अर्जेनटिना, बेल्जियम, रूस, थाइल्याण्ड र भियतनाम छैठौं स्थानमा छन्। २ रजत र ३ काँस्यसहित चीन सातौं स्थानमा छ। 
 
समान १ रजत र १ काँस्य हात पार्दै इटाली र काजकिस्तान आठौं स्थानमा छन्। १ रजतसहित आयोजक ब्राजिल, डेनमार्क र इण्डोनेसिया नवौं स्थानमा छन्। 
यसैगरि समान १ काँस्यसहित क्यानाडा, स्पेन, पोल्याण्ड र उज्बेकिस्तान पदक दौडको दशौं स्थानमा छन्।



नयाँ