रियो। बेलायतका एडम पिटेले पौडिको एक सय मिटर ब्रेस्टस्ट्रोकमा आफुले बनाएको विश्व रेर्कड पुन आफैले तोडेका छन्।
ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक खेलकुद अन्तर्गत १ सय मिटर ब्रेस्टस्ट्रोक इभेन्टमा पिटेले ५७.५५ सेकेन्डको नयाँ विश्व रेर्कड बनाएका हुन्। यो भन्दा अगाडि पनि यस खेलमा पिटेकै ५७.९२ सेकेन्डको विश्व रेर्कड थियो।
“ओलम्पियन बनेर त्यहाँ पुगेर त्यो भिडको मज्जा लिनु पाउनु नै ठूलो कुरा हो” एपीसँग कुरा गर्दे २१ वर्षीय पिटेले भने।