arrow

गरिब उत्थानलाई पाँच लाख सहयोग

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ साउन २३ आइतबार
garibiutthan.jpg.jpeg
स्याङ्जा। स्याङ्जा र पर्वतका लागि उत्थान परियोजनाले गरीवी निवारणका लागि पाँच लाख सहयोग गरेको छ । लायन्स क्लव अफ वालिङ सिटिको आयोजनामा उत्थान परियोजनाकी अध्यक्ष साहिव्य राजभण्डारीले पाँच लाख हस्तान्तरण गरेकी हुन् ।
 
 सजिलो र आवश्यकता बढी देखिएकोले परियोजनाले गरिब नागरिकका लागि बाख्रा पालनलाई सो रकम हस्तान्तरण गरेको हो । बाख्रा सगै बाख्रामा लाग्ने रोगको निदानका लागि समेत एक जना प्राविधिकको सहयोग गरेको छ । परियोजनाकी अध्यक्ष राजभण्डारीले आफु अमेरीकामा अध्ययन गर्दै गर्दा मुलुकमा गएको महाविनासकारी भुकम्पले पुर्‍याएको क्षती प्रति दुःख लागेर यस्तो अभियान अगाडी सारेको बताईन् । भुकम्पले देश आहात बनिरहेको अवस्थामा सरकारले केही गरेन भनेर भन्नु भन्दा पनि सबैले आ-आफ्नो ठाँउबाट सहयोग अगाडी बढाउन सकिएमा गरिबी उन्मुलन हुने विश्वास राजभण्डारीको थियो । 
 
परियोजनाले बाख्रा पैचो कार्यक्रम मार्फत गरिब तथा निमुखा परिवारलाई माउ बाख्रा वितरण हुनेछ राजभण्डारीले सहयोग हस्तान्तरण गर्दै भनिन्, “पाठी पाएमा फिर्ता दिनुपर्ने र पाठो पाएमा उनीहरुको हुनेछ । जसले गर्दा सबैलाई यस कार्यक्रमले उत्थान गर्न सकिन्छ राजभण्डारीले भनिन् । यो रकमले नपुगे पछि थप गर्दै जाने आफ्नो योजना रहेको उनको भनाई छ । यो कार्यक्रम पहिलो पटक स्याङ्जाबाट सुरु गरिएको पनि जानकारी दिईन् ।
 
गतबर्ष यसै परियोजनाले स्याङ्जाको पकवादीमा २० घर परिवारलाई बाख्रा पैचो मार्फत बाख्रा वितरण गरेको थियो । दोस्रो पटकको यो कार्यक्रम लायन्स क्लव अफ वालिङ सिटी मार्फत पर्वतमा शुरु हुनेछ । यस कार्यक्रमका लागि लायन्स क्लव वालिङ्का अध्यक्ष सीताराम अधिकारी र परियोजनाकी अध्यक्ष राजभण्डारीले सम्झौतामा हस्ताक्षर समेत गरेका छन् । 
 
परियोजनाले अगाडी सारेको यस कार्यक्रमलाई इमान्दारीका साथ गरिव तथा जेहन्दारको पहिचान गरेर लगानी गर्ने क्लवका अध्यक्ष अधिकारीले विश्वास व्यक्त गरेका छन् । यसै विच बाख्रा पालन सम्वन्धी प्रचार प्रसार गर्न रेडियो कार्यक्रमका लागि रेडियो वालिङलाई १ लाख रुपैया समेत सहयोग परियोजनाले गरेको छ । रेडियो वालिङका अध्यक्ष जलेश्वर पाण्डे र परियोजनाकी अध्यक्ष राजभण्डारीले सो कार्यक्रमका लागि पनि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । रेडियोले हरेक शुक्रवार बाख्रा सम्वन्धी विविध कार्यक्रम प्रशारण गर्ने छ । 
 
ग्रामिण क्षेत्रमा रहेका आर्थिक विपन्नता व्याक्तिको उत्थानका निम्ति अगाडी सारिएको बाख्रा पैचो कार्यक्रमको इलाका प्रशासन कार्यालय वालिङ्का प्रमुख दामोदर शर्माले प्रशंसा गरेका छन् । यसलाई जिल्ला विभिन्न भागमा पुर्‍याउन र निरन्तरताको समेत शर्माले आग्रह गरे । कुनै पुर्वाग्राही हिसावले काम नगरी पहिचानका आधारमा रहेका गरिबिहरुको उत्थानका लागि यो कार्यक्रम प्रभावकारी हुनेमा विश्वास शर्माको छ । योजना राम्रो रहेको र प्रभावकारीको खाँचो रहेको सहभागिहरुले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ