arrow

झोलामा भेटिएको शव सिग्देलको

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १० मंगलबार
nepal-police12.jpg

धरान । कोशी राजमार्गअन्तर्गत धरान-धनकुटा सडक खण्डमा पर्ने धरान- ४ स्थित आपगाछी क्षेत्रको जङ्गलमा भेटिएको शवको छ दिनपछि पहिचान खुलेको छ ।  दुई वटा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछट्टै फेला परेको शव झापाको दमक-नगरपालिका-५ का दीपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।  

दमक नगरपालिका- ५ का वडाध्यक्ष इन्द्र गुरुङका अनुसार सिग्देलले दकम-५ बाट राहदानी बनाएको र इलामको चुलाचुलीबाट नागरिकताको प्रमाणपत्र    बनाएको खुलेको छ । प्रहरीले खोजी गरे पनि दमकमा उनलाई चिन्ने मान्छे नभएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।  

प्रहरीका अनुसार उनी दाजुको घरमा गएका र  पारिवारिक कारणले हत्या भएको हुनसक्ने आशङ्का गरिएको छ । चाँडै घट्नामा संलग्न व्यक्ति  सार्वजनिक गरिने निरीक्षक थापाले जानकारी दिए । 

गएको बुधबार र बिहीबार धरान ४ को आपगाँछी क्षेत्रको जङ्गलमा दुई वटा झोलामा हाट खुट्टा, टाउको र शरीरको टुक्राटुक्रा अवस्थामा शव भेटिएको थियो । 

शव पहिचानका लागि प्रहरीले स्केच तस्बिर बनाएर  सार्वजनिक गरेको थियो । उक्त घटनामा सङ्घीय प्रहरी इकाई र इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ