arrow

काँग्रेस कार्यकर्ताद्वारा पार्टी कार्यालयमा तालाबन्दी

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
congress-flag.jpg.jpeg.jpeg
सल्यान । आफ्नै कार्यकर्ताले काँग्रेस जिल्ला कार्यसमितिको कार्यालयमा तालाबन्दी गरेका छन् । 
 
जिल्ला सभापतिले पार्टीको निर्णयबिना नै एकल ढङ्गले उपसभापतिलगायत सदस्य मनोनयन गरेको भन्दै शारदा नगर समितिले कार्यालयमा ताला लगाएको हो । सभापतिले एकल निर्णय नसच्याएसम्म तालाबन्दी जारी रहने शारदा नगर कार्यसमितिका सभापति सचेत शाहले बताए । 
 
उनले भने, ‘सभापतिले उपसभापतिलगायत अन्यमा आफूखुसी मनोनयन गर्नु भएको छ, उक्त निर्णय नसचिएसम्म कार्यालयमा लगाइएको ताला खोलिदैन ।’ 
 
जिल्ला सभापति गणेश चन्दले यही साउन १९ गते पत्रकार सम्मेलनको आयोजना गरी उपसभापतिमा निमबहादुर वली र सदस्यमा धनबहादुर हमाल, नेत्रबहादुर डाँगी, द्रोणप्रसाद जैसी र शिव शर्मालाई मनोनित गरेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ