arrow

कक्षा १२ को परीक्षाफल प्रकाशित

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
HSEB.jpg.jpeg
भक्तपुर । गत वैशाखमा उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले लिएको कक्षा १२ को विज्ञान सङ्कायको परीक्षामा ७३ दशमलव ७७ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । शिक्षा ऐन संशोधनसँगै परिषद् राष्ट्रिय परीक्षा बोर्डमा परिणत भएपछि बोर्डले आज पहिलो पटक नतिजा सार्वजनिक गरेको हो । 
 
प्रकाशित नतिजामा नियमिततर्फ कूल ४० हजार ६०३ विद्यार्थीमध्ये कूल २९ हजार ९५२ जना विद्यार्थी उतीर्ण भएको बोर्डका निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । 
 
त्यसैगरी, आंशिकतर्फ कूल नौ हजार ७८१ परीक्षार्थी सहभागी भएकामा चार हजार ४१४ परीक्षार्थी अर्थात् ४५ दशमलव १३ प्रतिशत विद्यार्थी उतीर्ण भएको उनले जानकारी दिए । 
 
गतवर्षको भन्दा यसवर्षको परीक्षामा नियमिततर्फ २ दशमलब १२ प्रतिशत धेरै विद्यार्थी उतीर्ण भएका छन् । गतवर्ष भदौ १५ मा कक्षा १२ को परीक्षाफल सार्वजनिक गरिएकोमा यसवर्ष छिटोगरी परीक्षाफल सार्वजनिक भएको उनले बताए । 
 
बाँकी सङ्कायको परीक्षाफल आगामी भदौ १५ गतेभित्र सार्वजनिक गरिसक्ने लक्ष्यका साथ काम भइरहेको अर्यालले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ