arrow

गौरिकाको रियो यात्रा सकियो, चर्चा भने चुलियो

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
gaurika-rio-2016.jpg.jpeg
रियो । ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिकमा नेपालकी गौरिका सिंह पहिलो चरणबाटै बाहिरिएकी छिन् । एक सय मिटर ब्याकस्ट्रोक पौडीमा उनले आफ्नै पुरानो प्रदर्शनलाईसमेत सुधार गर्न नसक्दा पहिलो चरणबाटै बाहिरिएकी हुन् ।
 
३४ जनाले भाग लिएको उनको स्पर्धाबाट १६ जना अर्को चरणमा पुग्नुपर्ने थियो । उनी ३१ औं स्थानमा रहिन्। उनीभन्दा तल सामाओ, कोसोभो र केन्याका खेलाडी रहे। 
 
रियो ओलम्पिककी सवैभन्दा कान्छी खेलाडी गौरिकाले निर्धारित दूरी १ मिनेट ८.४५ मिनेटमा पूरा गरेकी थिइन्। उनी आफ्नो राष्ट्रिय कीर्तिमान तोड्न १.१४ सेकेन्डले चुकिन्।
 
गत फागुनमा भारतको गुवाहाटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुद साग मा उनले १ मिनेट ०७.३१ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्। 
  
हिट्समा गौरिका समावेश हिट्स नम्बर १ र श्रीलंकाकी किमिको रहिम समावेश हिट्स नम्बर २ बाट कुनै खेलाडी छनोट हुन सकेनन्। 
 
 योसंगै गौरिकाको रियो यात्रा सकिए पनि उनी भने रियोभर चर्चामा छिन् ।
 
किनकि उनी रियोकी सबैभन्दा कान्छी खेलाडी हुन् ।
 
उनीसंग बसेर सेल्फी खिच्ने पनि धेरै नै पुगेका छन् । 



नयाँ