arrow

नेपाल प्रवेश गरेका भारतीय नागरिक साढे नौ लाखसहित पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
money.jpg1.jpeg

जलेश्वर । भारतबाट स्रोत नखुलेको रु नौ लाख बढी रकमसहित नेपाल प्रवेश गरेका एक नागरिकलाई महोत्तरी प्रहरले आज पक्राउ गरेको छ ।
    
पक्राउपर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको सिरसिया ग्रामपञ्चायत बस्ने २० वर्षीय दीपककुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
    
आज अपराह्न करिब ४ बजे भारतको सिरसियाबाट बीआर ३० एबी ८३४६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा कम्बलभित्र रातो प्लाष्टिकको झोलामा बेरिएर नेपाल ल्याउँदै गरेको रु नौ लाख ५० हजारको मनरासिस्वा नगरपालिका-२ स्थित सीमानाका नजिकैको कट्टी गाउँमा खटिएका नेपाल प्रहरीले शङ्काका लागि जाँच गर्दा भारतीय युवक दीपक रकमसहित पक्राउ परेका हुन् ।
    
स्रोत नखुलेको रु नौ लाख ५० हजार, मोटरसाइकल र पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयले आज साँझ आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।



नयाँ