arrow

जोजे मौरिन्हो चम्किए : कम्युनिटी शिल्डको उपाधि म्यानचेष्टर युनाइटेडलाई

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
community-shield.jpg.jpeg
लण्डन ।  कम्युनिटी शिल्ड फुटबल प्रतियोगिताको उपाधि म्यान्चेस्टर युनाईटेडले जितेको छ ।
 
आइतबार राति भएको खेलमा इङ्लिश प्रिमियर लिग च्याम्पियन लेष्टर सिटीलाई २–१ ले हराउँदै म्यान्चेस्टर युनाईटेडले सिजनको पहिलो उपाधि जितेको हो ।
 
Jose Mourinho (left) explains to Juan Mata why he was taken off during Sunday's match
 
म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन जेसी लिङ्गार्ड र ज्लातन इब्राहिमोभिचले एक एक गोल गरे ।
 
Jose Mourinho (left) explains to Juan Mata why he was taken off during Sunday's match
 
पराजित टोली लेष्टरका जेमी भार्डीले एक गोल फर्काएका थिए । नयाँ सिजनको पहिलो उपाधिसंगै पोर्चुगिच प्रशिक्षक जोजे मौरिन्हो पनि चम्किएका छन् । गत सिजन खराव खेलाएकै कारण उनी चेल्सीबाट निकालिएका थिए । 
 
वेम्बले रंगशालामा भएको फाइनलमा हुँवा माटा भने केवल ३० मिनेटमात्र मैदानमा खेल्न पाएका थिए । यसलाई पनि मौरिन्होकै रणनीति मान्नुपर्छ । उनले भनेका छन् ‘मैले कसलाई पूर्वाग्रही रुपले हेर्दिन, टिमले जितेको छ, सबै खुसी हुनुपर्छ ।’
 
Mata was puzzled as he came off less than 30 minutes after coming on at Wembley
चेल्सीबाट निकालिनुपूर्व मौरिन्होले चेल्सीलाई प्रायः सबै घरेलु प्रतियोगिता दिलाएका थिए । 
 
म्यानचेष्टर युनाइटेडलाई पनि सोही दावेदार बनाउने मौरिन्होको लक्ष्य छ । 
 
यो खेल भएको एक हप्तापछि प्रिमियर लिग फुटबल सुरु हुन्छ । 
 
 



नयाँ