arrow

रोकी राखेका तीन बसमा आगजनी

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
firing-bus.jpg.jpeg
फलेवास । पर्वत सदरमुकाम कुश्माबजारस्थित शिवालय चोक नजिकै रहेको बसपार्कमा पार्किङ गरिएका बसमा आइतबार राति आगलागी भएको छ । 
 
बसपार्कमा पार्किङ गरी राखेको ग १ ख ४९३६ नम्बरको बसमा अचानक आगलागी हुँदा उक्त बस पूर्णरुपमा क्षति भएको छ ।
 
 आगलागी हुँदा नजिकै पार्किङ गरी राखेको ना ४ ख ९०३७ नम्बरको र ध १ ख ५६९ नम्बरको बसमासमेत लाखौँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । 
 
उक्त आगलागी जिल्ला प्रहरी कार्यालयबाट ३० जनाको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । 
 
उक्त आगलागी बसपार्कमा डुल्ने बेवारिसे बालबालिकाले लगाएको भन्ने अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । बालबालिका फरार रहेको हुँदा खोजतलास कार्य भइरहेको जनाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ