arrow

गोरखामा पहिरो, एकजनाको मृत्यु

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
pahiro.jpg.jpeg
गोरखा । गोरखाको थुमी गाविसको सोती बजारस्थित केयरपानीमा झरेको पहिरोमा परी कासीगाउँ गाविस–५ की ३५ वर्षीया कान्छीमाया गुरुङको मृत्यु भएको छ । 
 
आइतबार अपराह्न खसेको पहिरोमा परी कान्छीमायाको मृत्यु भएको हो । वैदेशिक रोजगारीमा रहेका श्रीमान् बसबहादुर गुरुङले पठाएको पैसा झिक्न आरुघाटस्थित बैंक आउने क्रममाः पहिरोसँगै झरेको ढुङ्गा लागेपछि कान्छीमायाको घटनास्थलमै मृत्यु भएको कासीगाउँका गाविस सचिव दीपक गुरुङले जानकारी दिए ।
 
इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक रविराज थपलियाका अनुसार कान्छीमायासँगै गाउँका चार जना महिला आरुघाटबजार आउँदै थिए । 
 
तीन जना कटेपछि खसेको ढुङ्गाले कान्छीमायालाई लागेको थियो । स्थानीयवासीको सहयोगमा प्रहरीले शवलाई पहिरोबाट बाहिर निकालेको थियो । शवको आरुघाटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गरिएको छ । 
 
हालै जङ्गली च्याउ खाँदा कान्छीमायाको ६५ वर्षीया आमा फुलमाया गुरुङ र ६ वर्षीया छोरी रोसनी गुरुङको पनि मृत्यु भएको थियो । 
 
एकपछि अर्को घटना भएपछि गाउँले तथा आफन्त शोकमा परेको गाविस सचिव गुरुङले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ