arrow

रियो पारा ओलम्पिक : रुसी पूरै टिमलाई प्रतिबन्ध

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
russia.jpg.jpeg
रियो । ब्राजिलमा जारी रियो ओलम्पिकपछि तत्कालै सोही स्थलमा हुने रियो प्यारालम्पिकमा रुसी खेलाडीमाथि प्रतिबन्ध लगाइएको छ । 
 
डोपिङ स्क्याण्डलमा फसेको रुसलाई थप झड्का लगाउँदै अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटि आइपीसीले सबै खेलाडीलाई प्रतिबन्ध लगाएको हो । 
 
‘द म्याक्लरेन रिपोर्ट’ का आधारमा आइपीसीले रुसलाई प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
 
गत महिना सार्वजनिक गरिएको रिपोर्टमा रुसमाथि राज्यले नै डोपिङ कार्यक्रम चलाएको उल्लेख छ । रुसको प्यारालम्पिक्स कमिटीले यस निर्णयविरुद्ध कोर्ट अफ आरबिट्रेसनमा अपिल गर्ने बताइएको छ । 
 
रियो २०१६ प्यारालम्पिक्स अगामी सेप्टेम्बर ७ तारिखदेखि शुरु हुँदैछ । यो निर्णयसँगै १८ खेलका २६७  रुसी खेलाडीले प्रतियोगिता खेल्न पाउने छैनन् । 
 
निरन्तरको स्क्याण्डलले भने या त रुसलाई लज्जित पारेको छ या त रुसमाथि अन्य देश खनिएका छन् भनी अर्को अध्ययन हुनु पर्ने तर्कसमेत गर्न थालिएको छ । 



नयाँ