arrow

१२ मा फेल भएपछि विज्ञानकी विद्यार्थीले रोजिन् आत्महत्याको बाटो

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
suicide.jpg.png
भक्तपुर । कक्षा १२ को विज्ञान सङ्कायको परीक्षामा अनुत्तीर्ण भएपछि आइतबार राति एक किशोरीले आत्महत्या गरेकी छिन् । 
 
भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–८ सिरुटारकी १७ वर्षीया अनुजा मिश्रको शव झुन्डिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिएको छ । 
 
पढाइ राम्रो भए पनि परीक्षाको परीक्षाफलमा अनुत्तीर्ण भएपछि उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ । कक्षा १२ को परीक्षाको परीक्षाफल आइतबार सार्वजनिक भएको थियो । 
 
मिश्रको शव परीक्षण लागि शिक्षण अस्पताल पठाइएको प्रहरीले बताएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ