arrow

ब्राजिल इराकसँग बराबरीमा, समर्थक बने रूष्ट

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
brazil-1.jpg.jpeg
रियो। रियो ओलम्पिक खेलकुद अन्तर्गत पुरूष फुटबलतर्फ समुह चरणको दोस्रो खेलमा आयोजक ब्राजिलले इराकसँग गोलरहित बराबरी खेलेको छ। सोमबार बिहान भएको खेलमा ब्राजिलले इराकसँग गोलरहित बराबरी खेलेपछि ब्राजिलका समर्थकहरू टिमसँग रूष्ट देखिएका छन्। 
 
ब्राजिलले पहिलो खेलमा दक्षिण अफ्रिकासँग पनि गोलरहित बराबरी खेलेको थियो। “हामीले हाम्रो समर्थकहरू र ब्रासिलियाको जनतासँग माफी माग्नुपर्छ,” ब्राजिलका टिम म्यानेजर रोजेरियो मिकालिले भने- “हामीले राम्रो फुटबल खेलेनौं। यस्तो लाग्दैछ हामीले हाम्रो समर्थकलाई खुशी पार्न सकिएन।“
 
ब्राजिलले अर्को खेल डेनमार्कसँग अगष्ट ११ मा खेल्नेछ। अन्य खेलहरूमा नाइजेरियले स्वीडेनलाई १-० र पोर्चुगलले होन्डुरसलाई २-१ गोल अन्तरले पराजित गरेको छ। यस्तै डिफेन्डिङ च्याम्पियन मेक्सिकोले फिजीलाई ५-१ र अर्जेनटिनाले अलजेरियालाई २-१ गोल अन्तरले पराजित गरेको छ। 
जर्मनीले भने दक्षिण कोरियासँग ३-३ गोलको बराबरी खेलेको छ।
 
Iraq's players celebrate a famous draw against the Selecao in Brasilia
 
Brazil coach Rogerio Micale shows his frustration as he watches his team fail to score again
 
Brazil have now drawn a blank in both of their Olympic Games Group A matches 
 
Neymar was unable to inspire his country to victory and they now face an early exit
 
Augusto hit the crossbar just before half-time for the hosts during a difficult evening
 
Barcelona superstar Neymar is hounded out of possession by four Iraq defenders 
 
Gabriel Barbosa shows his disbelief after another chance goes begging for the host nation
 
 



नयाँ