arrow

पुल्चोक क्याम्पसका प्राध्यापक विरूद्ध साढे दुई करोड विगो माग गर्दै मुद्दा दायर

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
ciaa-office-hq.jpg.jpeg
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका एक प्राध्यापक विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 
 
ईन्जिनियरिङ अध्यायन संस्थान, पुल्चोक, ललितपुरमा कार्यरत प्राध्यापक डा. भरतराज पहारीले स्रोत नखुलेको २ करोड ४० लाख १ हजार ५ सय १९ रूपैयाँ सम्पत्ति आर्जन गरेको आरोप सहित विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। 
 
उनी विरूद्ध परेको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले सार्वजनिक सेवाको पदमा राष्ट्रसेवक कर्मचारी रहँदाको अवस्थामा पेश गरेको सम्पत्तिको विवरण, तथा अनुसन्धानको क्रममा गरेको बयान समेतबाट सम्पत्ति आर्जनको अबैधानिक स्रोत भएको बस्तुनिष्ठ आधार समेतबाट निजको आयको तुलनामा विद्यमान सम्पत्ति अमिल्दो र अनियमित पुष्टी भएको पनि अख्तियारको आरोप छ।
 
उनी विरूद्ध साविकको भ्रष्ट्राचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्ट्राचार निवारण ऐन , २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको आरोप अख्तियारले लगाएको छ। उनलाई साविकको भ्रष्ट्राचार निवारण ऐन, २०१७ को दफा १५, १६(ग) तथा दफा २९ एवं प्रचलित भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम विगो बमोजिम जरीवाना र कैद सजाय हुन र निज भरतराज पहारी तथा निजकी श्रीमती शोभा पहारीका नाममा रहेको श्रोत नखुलेको चल अचल सम्पत्ति साविक भ्रष्ट्राचार निवारण ऐन, २०१७ को दफा १६(ग), दफा २९ एवं प्रचलित भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा २०(२) र दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम जफत हुन मागदाबी लिई आज विशेष अदालत काठमाण्डौंमा आरोपपत्र दायर गरिएको पनि अख्तियारले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ